पोखरामा एकीकृत समाजवादी ७ सय मतान्तरले अगाडी


पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) ले मतान्तर झनै बढाउँदै ७ सयको अन्तर पारेको छ ।
हालसम्म १३ हजार ६ सय ४३ मत गणनामा सत्ता गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यले ५ हजार ७ सय ४८ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ५ हजार ७८ मत ल्याएका छन् । पोखराको वडा १, २, १२ को मतगणना सम्पन्न भइसकेको र बाँकी वडाको गणना हुँदै गर्दा आचार्यले क्रमशः मतान्तर बढाउँदै गरेका छन् ।

राप्रपाका शंकर खरालले ६ सय ५८ ल्याउँदै तेस्रो स्थानमा छन् । स्वतन्त्रका उम्मेदवार गनेस पौडेलले ३ सय ३१ मत प्राप्त गरेका छन् ।
उपमेयरमा एमालेको अग्रता कायमै छ । एमालेकी मञ्जुदेवी गुरुङले ५ हजार ५ सय ६४ र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५ हजार ४ सय ७४ मत प्राप्त गरेकी छन् । राप्रपाकी रञ्जना सेनले ३ सय ७१ मत ल्याएकी छन् । उपमेयरकी प्रतिस्पर्धी मञ्जु यसअघि पनि उपमेयर हुन् ।

स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबारको मतदानमा पोखरा महानगरपालिकामा २ लाख ७ हजार मतदातामध्ये १ लाख ४३ हजार मत खसेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 354 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

आईटी आर्मी अन्तर विद्यालय गोल्ड कप सुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
न्युनतम गरे पनि याे निर्वाचनमा उम्मेदवारको २९ अर्बभन्दा बढी खर्च हुने