दैलेखकाे भगवतिमाईमा माओवादीका थापा अध्यक्षमा,उपाध्यक्ष काँग्रेसकी खड्का विजयी

दैलेख । दैलेखको भगवतिमाई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेश बहादुर थापा बिजयी भएका छन् ।

उनले दुई हजार आठ सय छयालिस मत सहित बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । थापाले नपाली कांग्रेसका दशरथ खड्का र नेकपा एमालेका शान्तिप्रसाद शर्मालाई पराजित गरेका हुन् । खड्काले दोस्रो स्थानमा रहेर दुई हजार दुई सय तन मत ल्याउदा तेस्रो स्थानमा रहेका शर्माले एक हजार नौ सय चौतिस मत प्राप्त गरे ।

बिजयी थापा २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पराजित भएका थिए । यता, गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली काँग्रेसकी मिना कुमारी खड्का बिजयी भएकी छन् । बिजयी खड्काले दुई हजार छ सय त्रियासी मत ल्याउदा प्रत्यासी माओवादीकी मनिषा सोनी (बिक) ले दुई हजार दुई सय सढ्चालिस र एमालेकी बसन्ता शाहीले एक हजार नौ सय बाईस मत प्राप्त गरेकी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महानगरमा भागबण्डा, उपमहानगरमा अड्को