इलामको सन्दकपुरकाे अध्यक्षमा नेपाली कांग्रेसका तुलाराम गुरूङ विजयी

इलाम । इलामको सन्दकपुर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका तुलाराम गुरूङ विजयी भएका छन् । गुरुङ ४२२३ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उदयबहादुर राईले ३२५८ मत प्राप्त गरेका छन् ।

यसैगरि सन्दकपुरको उपाध्यक्षमा गठबन्धनकै नेकपा एसका हरि लुङ्गेलीले ३६३७ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका तुलसा सेढाईंले २९८६ मत प्राप्त गरेकी छन् ।

सन्दकपुरको वडा– १ र ५ मा भने एमालेको प्यानल विजयी भएको छ । वडा– १ मा वडाध्यक्षमा एमालेका रहरकुमार राईको प्यानल विजयी भएको छ । यस्तै वडा–५ को वडाध्यक्षमा एमालेका यज्ञबहादुर गुरुङको प्यानल विजयी भएको छ ।

वडा– २ वडाध्यक्षमा गठबन्धन तर्फ नेकपा एसका सनम राईले वियज प्राप्त गरेभने वडा– २ का बाँकी सदस्य नेकपा एमालेले जितेको छ । वडा– ३ मा गठबन्धनकै नेपाली कांग्रेसका लिला बुर्जाको प्यानल विजयी भएको छ । वडा–४मा गठबन्धकै जसपा तर्फ ढालबहादुर गुरुङको प्यानल विजयी भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेता को कहाँबाट मतदान गर्दै ?