दैलेख । २०७४ स्थानीय तहमा चुनाव जितेका चार गाउँपालिकाका अध्यक्ष दोहोरिँदा जनमत पाएनन् पराजय भोग्नुप¥यो । पराजय भोगेका निवर्तमान अध्यक्ष महाबु गाउँपालिका जंगबहादुर शाही, गुराँस गाउँपालिका खेमराज ओली, डुगेश्वर गाउँपालिकाका नगेन्द्र मल्ल र नौमुले गाउँपालिका भदे बुढा मगर हुन् । २०७४ सालको स्थानीय चुनावमा विजय भएका यी व्यक्ति भने दोहोरिँदा पराजय भोग्नुपरेको हो ।
गएको वैशाख ३० भएको स्थानीय चुनावमा उम्मेदवार बनेका यी चारै जना विजय भएका थिए । जनप्रतिनिधिले जनताको मन जित्न नसकेका कारण पराजय भोग्नुपरेको गुराँस गाउँपालिका श्याम विसीले बताए । जनताको मन जित्न नसक्नु नै हो । ‘जनतप्रतिनिधि हुँदा अहंमता हुनु जनगुनासोलाई सम्बोधन नगरिनु उपभोक्ता समितिमा आफन्त र नातागोतालाई अगाडि ल्याउनु । घोषणापत्र आश्वासन दिने खालका बनाइनु, कोभिड महामारीमा समेत सान्त्वना दिन गाउँटोलमा नजानुले जनमत पाउन सकेका होइनन् । अर्को कुरा जनताले टेस्ट व्याक्तिलाई समेत स्वीकार गर्न सक्दैन, जनप्रिय नहुँदा,’ उनले भने ।
तर, नौमुले गाउँपालिका हरि रोका भने, समाजसेवाभन्दा पनि जनप्रतिनिधि कमाउनधन्दा लाग्दा पराजय भोग्नुपरेका बताए । जनताप्रति उत्तरदायित्व नहुँदा मतदाता अस्वीकार गर्छन् । नयाँले केही गर्छ कि भन्ने आशा पलाएको हुन्छ । अर्कोतिर अन्य नेता कार्यकर्ता टिकट लिँदा आफैंले लिन खोज्नु पनि पराजयको कारण बन्यो । गएको चुनावझै यसपालि पनि निश्चित जित्ने दाउमा निर्वाचनमा होमिएका उनीहरू माओवादी र एमाले कांग्रेस उम्मेदवारबाट पराजित भएका हुन् । कांग्रेसको उम्मेदवार लक्षुमन गुरुङबाट पराजित भए भने एमालेका हरिप्रसाद उपाध्यायबाट कम मत ल्याई तेस्रो नम्बरमा परे । निवर्तमान पालिका अध्यक्ष शाही २०७४ मा एमालेबाट विजय भएका थिए भने यो पालि एकीकृत समाजवादीबाट महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि चुनावी मैदानमा उर्लिएका थिए ।
त्यसैगरी नौमुले गाउँपालिकामा माओवादी केन्द्रका छविराम सुवेदीले ३२ सय मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढामगरले २५ सय ४४ मत ल्याएका थिए । त्यस्तै, एमालेका शशिराम विकले १९ सय २० मत प्राप्त गरेर तेस्रो भएका छन् । सुवेदी र बुढाबीच ६ सय ५६ मतअन्तर देखियो । डुंगेश्वर गाउँपालिकामा नेकपा एमालेबाट सुन्दर केसीले ३ हजार ३ सय ६ मतले विजयी भए । नेपाली कांग्रेसका उम्मेदवार नगेन्द्रबहादुर मल्ल ३ हजार २ सय ३६ मत ल्याएर पराजित भए । केसी र मल्लको ७० मतअन्तर थियो ।
त्यस्तै, गुराँस गाउँपालिकाबाट टोप विसी ४ हजार १ सय २० मतले विजयी भए ।
कांग्रेसका उम्मेदवार खेमराज ओलीले ३ हजार ७ सय ७५ मत ल्याएर पराजित भए । विसी र ओलीबीच ३ सय ४५ मत अन्तर छ । नौमुलेमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल थियो भने, डुंगेश्वर र गुराँसमा नेकपा एमाले एक्लै चुनावमा लडेको थियो । ११ स्थानीय तह रहेको दैलेखमा २०७४ को चुनावमा नौमुले, गुराँस, डुंगेश्वर र दुल्लुमा कांग्रेसले जितेको थियो । अरू सातवटा स्थानीय तहमा नेकपा एमालेले जिते हासिल गरेको थियो । दुल्लुमा मत गणना कार्य जारी रहेको छ