धुर्कोटमा एमाले–माओवादी गठबन्धनका उम्मेदवार विजयी


गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ । पालिका अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भुपाल पोखरेल निर्वाचित भएका छन् ।

दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका पोखरेलले छ हजार ८९ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेस–समाजवादीसहितको चार दलीय गठबन्धनबाट काँग्रेसका महेन्द्र भण्डारीले चार हजार २६१ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमाले–माओवादी गठबन्धनबाट एमालेकी सीता गिरी छ हजार १ मतसहित निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी चार दलीय गठबन्धनबाट एकीकृत समाजवादीका चन्द्र सुनारले तीन हजार ४८८ मत प्राप्त गरेको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन् । धुर्कोटमा वडा नम्बर १, २, ४, ५, ६ र ७ वडामा एमाले–माओवादी गठबन्धनका उम्मेदवार विजयी भएका छन् । भने वडा नम्बर ३ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 476 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लम्जुङको कारागारमा कैदी र बन्दीबीचको झडप, ३ घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भ्रष्टाचार आरोपी नवनिर्वाचित अध्यक्षले लिए सपथ