चुरेमकवानपुर । स्थानीय तह सदस्य निर्वाचनको मत परिणाममा हेटौंडाको मेयरमा गठबन्धनको तर्फबाट उम्मेदवार मिना लामालाई पछि पार्दै राप्रपाका दीपकबहादुर सिहले मतान्तर लम्ब्याएका छन् । सोमबार सांझसम्म १९० मतले अगाडि रहेकी लामालाई रातभरको मतगणनामा दीपकले १९८ मतले पछि पारेका छन् ।
हेटौंडा उपमहानगरपालिकाको २२ हजार ८५३ मतगणना गर्दा राप्रपाका दीपकले ८ हजार २६५ मत पाएका छन् । गठबन्धनको तर्फबाट एकीकृत समाजवादीको उम्मेदवार लामाले ८ हजार ६७ मत पाएकी छिन् ।
एमाले अहिले पनि तेस्रो स्थानमा रहेको छ । नेकपा एमालेले ६ हजार ५२१ मत पाएको छ । एमाले राम्रो पक्कड रहेको दाबि गर्दै आएको हेटौंडाको ४ वडाबाट पनि मेयरमा राप्रपालाई मत गएपछि एमाले तेस्रो नम्बरबाट माथि उठ्न सकिरहेको छैन । यो वडाबाट वडा अध्यक्षको उम्मेदवार भने अग्रस्थानमा छन् ।
उपमेयरमा भने नेकपा एमाले ८ हजार ३३,गठबन्धनले ११ हजार ७९१ र राप्रपाले २ हजार १० मत पाएको छ । हाल वडा नम्बर ३, ४,,५,६,१६, १७ को मतगणना जारी छ ।