डडेल्धुराको भागेश्वरमा फेरी पनि काँग्रेस नै विजयी


डडेल्धुरा । नेपाली काँग्रेस संस्थापक नेता स्वं. एनडी प्रकाश चटौतको जन्मस्थल भागेश्वर गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । गत निर्वाचन २०७४ मा काँग्रेसकै उम्मेदवार विजयी भएको भागेश्वरमा यस पटक फेरी पनि काँग्रेसका उम्मेदवार नै विजयी भएका हुन् । तर उम्मेदवार भने फरक थिए ।

भागेश्वरमा काँग्रेसका उम्मेदवार हेमराज चटौत २३११ मत सहित पालिका अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर शाहीले १०७८ मत मात्रै प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय बगरकोटले जानकारी दिएको छ ।
यस्तै उपाध्यक्षमा काँग्रेसकै पुष्पा ठकुराठी निर्वाचित भएकी छन् । उनले २३४८ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार गीता भट्टले ८३२ मत मात्रै प्राप्त गरिन । भागेश्वरका पाँच वडामध्ये चार वडामा काँग्रेसका उम्मेदवार र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

यस अघिको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा मात्रै जित निकालेको काँग्रेसले यस पटक भने एउटा वडा बाहेक चार वटै वडामा जित निकालेको छ । भागेश्वरमा अब काँग्रेको बहुमतको सरकार बनेको छ ।

२०७४ को निर्वाचनमा काँग्रेस बाट अध्यक्षमा कौशिला भट्ट र उपाध्यक्षमा पदम बहादुर बोहरा विजयी भएका थिए । तर यस पठक भने उनिहरु दोहरिएका थिएनन् ।

तपाइको प्रतिक्रिया
(Visited 359 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको १८ पालिका प्रमुखको लागि ४ सय १५ जनाको उमेदवारी