धनुषाको जनकनन्दनीमा अध्यक्षमा जसपा, उपाध्यक्षमा कांग्रेस विजयी

जनकपुरधाम । धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार दिपिनदेव यादव विजयी भएका छन् । उनी ३ हजार १ सय ५७ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका सुरेश चौधरीले २ हजार ७ सय ७८ मत प्राप्त गरेको निर्वाचन अधिकृत ठूलो बाबु दाहालले जानकारी दिए ।

यसैगरी गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसका कमला सहगल २ हजार ९ सय ९८ मत सहित निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका गीता सुढीले २ हजार ८ सय ४० मत ल्याएकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 382 times, 1 visits today)

epaper

ताजा समाचार

वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युट बिच सम्झौता