टीकापुर(कैलाली) । बाजुराको बडिमालिका नगरपालिकामा पूर्व पत्रकार नगरप्रमुख र उपप्रमुखमामा निर्वाचित भएका छन् अमर खड्का प्रमुख र नन्दा थापा उपप्रमुखमा विजयी भएका हुन् । खड्का केही वर्ष अघिसम्म काठमाडौबाट प्रकाशित दृष्टि साप्ताहिकमा काम गर्थे भने उपप्रमुख थापा राजधानी दैनिकसँग आवद्ध थिइन् ।
थापा उपमेयरको उम्मेदवार हुनु अघिसम्म पनि सक्रिय पत्रकारितामै थिइन । खड्का र थापाको टीमले ०७४ सालको चुनावमा काँग्रेसले जितेको वडीमालिकामा एमालेलाई जिताएको थियो । काँग्रेसबाट मेयरका उम्मेदवार बनेका धनराज पण्डित पनि पत्रकारिता गरेरै राजनीतिमा आएका हुन् ।
खड्काले ४ हजार ९०० मत ल्याए् विजयी भए । उनका प्रतिद्धन्द्धी काँग्रेसका पण्डितले ३ हजार ५५२ मत प्राप्त गरे । यस्तै उपमेयरमा विजयी नन्दाकुमारी थापाले ४ हजार २३३ मत प्राप्त गरेर उपप्रमुखमा विजयी भइन् । ९ वटा वडा रहेको बडिमालिका नगरपालिकामा ७ वटा वडा नेकपा एमाले र २ वटा नेपाली काँग्रेसले जित हासिल गरेको छ ।
वडा नं. १ मा नेपाली काँग्रेसका कृष्ण बहादुर कार्की, २ मा एमालेका डम्बर बहादुर महत, ३ मा एमालेका डबल बहादुर रोकाया र ४ मा काँग्रेसका अर्जुन नाथले जितेका छन् ।
त्यसैगरी वडा नं.५ मा एमालेका धर्मपाल मिजार, ६ मा कृष्ण बहादुर खड्का, ७ मा धर्मराज पाध्याय, ८ चन्द्र बहादुर थापा र ९ मा एमालेकै सुर्यकिरण विक विजय भएका छन् । २०७४ सालको स्थानीय तहको चुनावमा नगर प्रमुख र उप प्रमुख दुबै नेपाली काँग्रेसले जितेको थियो ।
२०७४ मा एमालेले ५ वटा जितेको थियो भने काँग्रेसले ४ वटा जित हात पारेको थियो । पहिलो स्थानीय तहको चुनावमा कार्यपालिकामा नेपाली काँग्रेसको बहुमत भएको थियो भने यो पटक भने एमालेको कार्यपालिकामा बहुमत हुने देखिएको छ ।
२०७४ सालमा नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारसँग नेकपा एमालेका उम्मेदवार ३८ मतले पराजय भएका थिए ।