जिरी नगरपालिकाकाे नगर प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी

दोलखा । दाेलखाकाे जिरी नगरपालिकामा नगर प्रमुख र उप प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै पालिका प्रमुखमा मित्र जिरेल र उपप्रमुखमा कृष्ण माया बुढाथोकी विजयी भएका हुन् ।

जिरेल नेपाली कांग्रेसका लाक्पा शेर्पा र माओेवादी केन्द्रका गेल्वु शेर्पालाई पराजित गर्दै नगरप्रमुखमा विजयी भएका हुन् । उनी २९ सय ४९ मत प्राप्त गर्दै नगरप्रमुखमा विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेपाली काग्रेसका उम्मेदवार लाक्पाले २६ सय ३२ र गेल्वुले २ हजार ३३ मत ल्याएर पराजित भएका छन् ।

नगरपालिकाको उपप्रमुखमा भने पुनः कृष्णमाया बुढाथोकी निर्वाचित भएका छन् । उनी नेकपा माओवादीका उम्मेदवार तेजबहादुर गोलेलाई पराजित गर्दै उपप्रमुखमा निर्वाचित भएकी हुन् । बुढाथोकीले ३ हजार ४ सय ३४ मत पाएका छिन् भने गोलेले ३ हजार १ सय २० मत पाएका छन् । बुढाथोकीले गत निर्वाचनमा पनि जिरी नगरपालिकाको उपप्रमुख भएर एक कार्यकाल काम गरिसकेकी छिन् ।

नगरप्रमुख र उपप्रमुखमा एमालेले जित हासिल गरेपनि एमालेले जिरीमा २ वटा वडा मात्रै जितेको छ । यो सँगै वडातहमा भने एमाले अल्पमतमा परेको छ । माओवादीले ४ र कांग्रेसले २ तथा एकीकृत समाजवादीले एक स्थानमा जित हाँसिल गर्दा एमाले वडा तहमा अल्पमतमा परेको हो ।

जिरीमा ९ वटै वडाको मत परिणाम सार्वजनिक हुँदा माओवादीले ४ वटा वडामा जित निकालेको छ । उनीहरु प्यानलसहित विजयी भएका हुन् । जिरीमा कांग्रेस र एमालेले २/२ तथा एकीकृत समाजवादीले एक स्थानमा प्यानल सहितको जित हाँसिल गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 473 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बूढीगंगा मतगणना अपडेट : ५० प्रतिशत मत गन्दा एमालेलाई दोब्बर अग्रता