टीकापुर । कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
बर्दगोरिया गाउँपालिका प्रमुखमा एमालेका कर्णबहादुर कुँवरले ५ हजार ८४२ मत ल्याई विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर कठरियाले ४ हजार १८६ मत ल्याए । उपाध्यक्षमा माओवादीका उम्मेदवार गणेशराज गिरीले ४ हजार ५६९ मत ल्याएर विजयी बने ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी इन्दुकुमारी चौधरीले ४ हजार २५५ मत प्राप्त गरिन् । एमालेबाट निर्वाचित कुवँर २०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसका उम्मेदवारसँग पराजित भएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 353 times, 1 visits today)