मकवानपुरमा एक ‘नो भोट’

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा ४ मा एक मतदाताले ‘नो भोट’ गरेका छन् ।

सर्वोच्च अदालतले नो भोट लागू गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको भए पनि यो कार्यान्वयनमा छैन । जनतामा माग भए अनुसारको नो भोट व्यवस्था कार्यान्वयन नभएको भए पनि मकवानपुरमा यस्तो संकेत गरिएको हो ।

राजनीतिक दल र दलका नेताहरुदेखि दिक्क भएका एक मतदाताले मतपत्रमा क्रस चिन्ह लगाएर ‘नो भोट’ लेखेको पाईएको छ ।

मकवानपुरको हेटौँडा-४ को मतगणना भैरहेको समयमा एक मतपत्रमा ‘नो भोट’ लेखिएको पाईएको हो । उक्त वडाको १ हजार ५ सय मतगणना हुँदा ‘नो भोट’ लेखिएको मतपत्र पाईएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए ।

पछिल्लो समयमा ‘नो भोट’को माग बढिरहेको अवस्थामा हेटौँडामा भेटिएको उक्त मतपत्रले आगामी निर्वाचनमा ‘नो भोट्स राईड्स’’bout सोच्न वाध्य बनाएको मतगणनामा सहभागि रहेको प्रतिनिधिहरुको भनाई रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 421 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ