रौतहटको दुर्गा भगवती गाउपालिकाको प्रमुखमा माओवादीका सिंह बिजयी


रौतहट । नेकपा माओबादी केन्द्रले रौतहटमा पहिलो पालिकामा खाता खोलेको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शम्भु सिंह विजयी भएका छन् ।

सिंह ४२०४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेदवार अरुणकुमार साहले २९८२ मत ल्याएका थिए । सिंह संग साह १२२२ मतको फराकिलो अन्तरबाट पराजित भएका छन् । साह यस अघिका गाउँपालिका अध्यक्ष हुन ।

यसैगरी सो गाउपालिकाको उपाध्यक्षमा नेकपा माओवादीको शिला देवीले २६७९ मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भएकी छिन् । उनको निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसको मञ्जुदेवी झाले २३५७ मत मात्र ल्याएकी थिइन । शिला देवी संग मञ्जु ३२२ मतको अन्तरबाट पराजित भएकी छिन् ।

५ वटा वडा भएको दुर्गा भगवतीमा ३ वटा वडा नेपाली काँग्रेस र २ वटामा माओवादीले विजयी हाँसिल गर्न सफल भएको छ । वडा नम्वर १, २ र ५ मा प्रदुम्न चौधरी, सुरेश चौधरी र धर्मनाथ चौधरी पुन : दोश्रो कार्यकालको लागि निर्वाचित भएका छन् भने वडा नम्वर ३ मत्सरीको अध्यक्षमा दोश्रो कार्यकालको लागि माओवादीका धर्मेन्द्रकुमार झा र वडा नम्वर ५ मा पहिलो पटक रामानन्द प्रसाद यादव निर्वाचित भएका छन् ।

गाउपालिका अध्यक्षमा निर्वाचित सिंह २०७४ सालको स्थानिय तहको निर्वाचनमा अरुण साह संग नै पराजित भएका थिए ।
रौतहटको अन्य ११ वटा पालिकामा मत गणना जारी रहेको छ भने बाकी ६ वटा पालिकाको रद्ध गरिएको स्थानमा बुधबार निर्वाचन हुदैछ ।

तपाइको प्रतिक्रिया
(Visited 422 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२९ पुस २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हेटौँडा १ नम्बर वडामा कांग्रेसबाट न्याैपाने विजयी