कास्कीका ४ गाउँपालिकामा एमाले–कांग्रेसले बाँडे पद


पोखरा । कास्कीका ५ स्थानीय तहमध्ये मंगलबारसम्म ४ पालिकाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । पोखरा महानगरको मतगणना ४ दिनदेखि जारी छ । ४ गाउँपालिकाको अन्तिम परिणाममा भने नेपाली कांग्रेसले विगतको हार बिर्साउँदै नतिजा हात पार्दा एमालेले बिरासत जोगाउन सकेन ।

स्थानीय तह चुनावअन्तर्गत जिल्लाका ४ गाउँपालिकामध्ये एमालेले २ अध्यक्ष र ३ उपाध्यक्ष जित्दा कांग्रेसले २ अध्यक्ष र १ उपाध्यक्षमात्र विजयी हासिल गरेको छ ।

माछापुच्छे गाउँपालिकामा यसपालिको नतिजा रोचक रह्यो । एमालेको विरासत तोड्दै अध्यक्ष, उपाध्यक्षलगायत अधिकांश वडा कांग्रेसले जित्यो । कांग्रेसका मीनबहादुर गुरुङ अध्यक्षमा र सीता अधिकारी उपाध्यक्ष चुनिइन् । अघिल्लो चुनावमा एमालेले १ वटा वडाबाहेक अध्यक्ष, उपाध्यक्षसहित सबै वडामा जित हासिल गरेकोमा यसपालि सबै गुमायो ।

मीनबहादुर ७ हजार ९९ मत प्राप्त गर्दै निर्वाचित हुँदा एमालेका विक्रम गुरुङले ६ हजार ६ सय १७ मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसकी सीता अधिकारीले ६ सय ३ सय ६३ मत प्राप्त गर्दै निर्वाचित हुँदा एमालेकी सीता तिवारीले ५ हजार ९ सय ५१ मत पाइन् । कुल ९ वटा वडा रहेको पालिकामा सत्ता गठबन्धनतर्फ कांग्रेसले ७, एमाले १, माओवादीले १ वडा बाँडेर लिए ।

रुपामा चुनाव जितेर एमालेले विगतको विरासत जोगायो । अध्यक्षमा नवराज ओझा र उपाध्यक्ष लालसुव्वा गुरुङ दोहोरिए । ओझाले ५ हजार ७ सय ४९ मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उपम्मेदवार गीमाया गुरुङलाई करिब १६ सय मतले पराजित गरेका हुन् । गीमायाले ४ हजार १ सय ३७ मत प्राप्त गरिन् ।

उपाध्यक्षमा लालसुव्वा गुरुङले कांग्रेसका नारायण श्रेष्ठलाई करिब १२ सय मतान्तरले पछि पार्दै पुनः निर्वाचित भइन् । उनले ५ हजार ३ सय ३२ र नारायणले ४ हजार १ सय ५३ मत प्राप्त गरे । कुल ७ वटा वडा रहेको कास्कीको सबैभन्दा सानो पालिका रुपा हो । यहाँ एमालेले वडा २, ३,४,५, ६ र ७ मा प्यानलसहित चुनाव जितेको छ । स्थानीय तह निर्वाचतअन्तर्गत रुपामा कुल १४ हजार ६ सय ७५ मतदातामध्ये १० हजार ३ सय ४४ (७०.४९ प्रशित) मत खसेको थियो ।

मादी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका देवीजंग गुरुङ निर्वाचित भए । उनले नेकपा एमालेका शिवबहादुर गुरुङ (महेन्द्र) लाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित देवीजंगले ६ हजार ५ सय ८४ मत प्राप्त गरेका छन् । उनका निकतम् प्रतिस्पर्धी एमालेका महेन्द्रले ५ हजार ७ सय ५० मत प्राप्त गरे । मादी २०७४ सालको चुनावमा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो । अघिल्लो पालि उनी अध्यक्षमा एमालेका वेदबहादुर गुरुङ (श्याम) सँग पराजित भएका थिए ।

उपाध्यक्षमा एमालेकी कल्पना गुरुङ निर्वाचित भइन् । उनले ५ हजार ८ सय २८ मत प्राप्त गरेकी छन् । निकतम् प्रतिस्पर्धी माओवादी केन्द्रका लालबहादुर गुरुङले ५ हजार ६ सय १६ मत ल्याए । १२ वडा रहेको मादी कुल १८ हजार ७ सय ८२ मतदातामध्ये १३ हजार ७ सय ६३ (७३.२८ प्रतिशत) मत खसेको थियो ।

अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको छ । विगतमा एमालेले दुवै पद कांग्रेसलाई सुम्पेको थियो । यसपालि एमालेका विष्णुबहादुर केसीले पुराना प्रतिस्पर्धी युवराज कुँवरलाई ७ सय ६३ मतले पछि पार्दै उनी दोस्रो प्रयासमा सफल भए । अघिल्लो चुनावमा दुवैबीच करिब ३ सय अन्तर थियो ।

निर्वाचित केसीले ६ हजार ७ सय २२ मत प्राप्त गरे । कँुवरले ५ हजार ९ सय ५९ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी चन्द्रकला अधिकारीले ६ हजार ६ सय ८ मत प्राप्त दोस्रो कार्यकालका लागि निर्वाचित भइन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसकी खीमकुमारी गुरुङले ६ हजार १४ मत प्राप्त गरिन् । उनी अघिल्लो पालि पनि चन्द्रकलासँगै पराजित भएकी थिइन् ।

अन्नपूर्णका कुल ११ वडा मध्ये एमालेले ६ र कांग्रेसले ५ वडा जितेको छ । एमालेले वडा १, ३, ६, ७, ९ र ११ तथा कांग्रेसले वडा २, ४, ५, ८ र १० जितेको हो । अन्नपूर्णमा २० हजार ३ सय ४८ मतदाता रहेकोमा मतदान प्रक्रियामा १४ हजार ९ सय ४ जनाले भाग लिएका थिए ।

यता, पोखरा महानगरको हालसम्म सार्वजनिक मतपरिणाममा एमालेले वडा १ मा मात्र जीत हासिल गर्दा कांग्रेसले २, ३, ४, १२ र २३ मा वडाध्यक्ष जितेको छ । पोखराका कुल ३३ वडामध्ये बाँकी वडाको गणना जारी छ । मेयरमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायमै राखेका छन् । मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङले पछ्याएका छन् । मंगलबार रातिसम्म उपमेयरमा प्रतिस्पर्धा भइरहँदा मेयरमा आचार्य १५ सय बढी मतान्तरले अग्रता लिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको मदानेमा अध्यक्षमा १० मतान्तरले गठबन्धनका उम्मेदवार विजयी