चामुण्डा विन्द्रासैनीमा काँग्रेसका उम्मेदवार विजयी

दैलेख । जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले जितेको यो नगरमा अहिले काँग्रेस विजयी भएको हो ।

नगरको मेयरमा नेपाली काँग्रेसका गणेश कुमार शाही ४०७० मत सहित निर्वाचित भएका छन् । शाहीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका सुर्यबहादुर शाहीले ३९९२ मत पाए । यो नगरमा तेस्रो शक्तिको रुपमा रहेको नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले १४६२ मत पाए ।

उपमेयरमा नेपाली काँग्रेसकी मनसरा कुमारी शर्मा ४०३८ मत सहित निर्वाचित भएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी नन्द कुमारी विष्टले ३९९६ मत पाइन् । यस्तै नेपाल मजदुर किसान पार्टीकी राज कुमारी शाहीले १२४२ मत पाइन् ।

९ वटा वडा रहेको यो नगरमा नेपाली काँग्रेसले ३, एमालेले ३ र नेमकिपाले ३ वटा वडा जितेको छ । नगरको वडा नम्बर १ मा नेमकिपाका उदे कामी, २ मा एमालेका थानेश्वर जैसी, ३ मा नेमकिपाका दिप बहादुर शाही, ४ मा काँग्रेसका भक्तबहादुर शाही, ५ मा एमालेका हस्तप्रसाद शर्मा, ६ मा काँग्रेसका बलिराम खड्का, ७ मा नेमकिपाका इन्द्रप्रसाद चौलागाई, ८ मा काँग्रेसका रत्नबहादुर शाही र ९ मा एमालेका प्रेम बहादुर रावल वडाध्यक्षमा निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 343 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२९ पुस २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीको मेयरमा कांग्रेसबाट १० जना आकांक्षी