दैलेखकाे नारायण नगरपालिकामा एमालेका उम्मेदवार विजयी

दैलेख । २०७९ स्थानीय तहको चुनावमा आशा गरेभन्दा फरक देखिएको छ । २०७४ सालमा एमालेले जितेको ठाउँमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । काँग्रेसले जीतको ठाउँमा नेकपा माओवादीका उम्मेदवार विजय भएका छन् । जिल्लाका ११ स्थानीय तहमा तीन स्थानमा नेकपा एमालेले जीत हासिल गरेको छ भने २०७४ सालमा वडासदस्यमा सिमित रहेको नेकपा माओवादी केन्द्रले दुई पालिकामा विजय भएको छ । निर्वाचन क्षेत्र १ को नारायण नगरपालिकामा आफ्नो विरासत जोगाएको छ । सदरमुकाम समेत रहेको यो नगरमा यस पटक एमालेले सत्ता गठबन्धनको सामना गरेर भएपनि आफ्नो विरासत ढल्न दिएको छैन,एमालेका उम्मेदवार विजयी भएका छन् ।

नगरपालिकाको मेयरमा एमालेका लोमन शर्मा निर्वाचित भएका छन् । एमालेका शर्माले सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी नेपाली काँग्रेसका निर्मला कुमारी खड्का थापालाई ७९ मतान्तरले पराजित गरे । एमालेबाट मेयरमा निर्वाचित शर्माले ५४३६ मत प्राप्त गरेका छन् । गठबन्धनबाट उम्मेदवार बनेकी काँग्रेसका थापाले ५३५७ मत प्राप्त गरिन् ।

उपमेयरमा एमालेकी तप्ताकुमारी खड्काले गठबन्धनका उम्मेदवारलाई १८३५ मतसहित फराकिलो मतान्तरमा पराजित गरिन् । यहाँ गठबन्धनको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीकी सावित्री मल्ल उपमेयरको उम्मेदवार बनेकी थिइन् । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उपमेयरमा निर्वाचित मल्ल एमाले विभाजन पनि एकीकृत समाजवादीमा लागेकी थिइन् । मेयरमा निर्वाचित एमालेकी खड्काले ५६७३ मत प्राप्त गरिन् । यस्तै उपमेयरमा पराजित एकीकृत समाजवादीकी मल्लले ३८३८ मत पाइन् ।

११ वटा वडा रहेको यो नगरमा एमालेले ७ वटा वडामा जित हासिल गरेको छ भने नेपाली काँग्रेसले ३ वटा वडामा जितेको छ । नगरको वडा नम्बर १ मा काँग्रेसका सन्देश कुमार श्रेष्ठ, २ मा एमालेका रेशमबहादुर थापा, ३ मा एमालेका चन्द्र प्रसाद उपाध्याय, ४ मा काँग्रेसका चन्द्र वहादुर कटुवाल वडाध्यक्षमा निर्वाचित भएका छन् । यस्तै वडा नम्बर ५ एमालेका ऐमान सिंह थापा, ६ मा एमालेका जनकप्रसाद न्यौपाने, ७ मा एमालेका खड्ग बहादुर शाही, ८ मा एमालेका गोपाल कुमार विसी, ९ मा नेपाली काँग्रेसका महेन्द्रविक्रम खड्का, १० मा एमालेका लाल बहादुर बस्नेत र ११ मा काँग्रेसका दिर्घ बहादुर मल्ल वडाध्यक्षमा निर्वाचित भएका छन् । नारायण नगर एमाले जिल्ला अध्यक्ष एवं प्रतिनीधि सभा सांसद रविन्द्रराज शर्माको गृह पालिका हो ।

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

पत्रकार संघको संयोजकमा वर्मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगन्जका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ