दोधारा चादनीमा एमालेका लिम्बू र उपमेयरमा काग्रेसकी उपमेयर निर्वाचित


महेन्द्रनगर । कञ्चनपुरको महाकाली पारीको दोधाराचाँदनी नगरपालिका प्रमुखमा नेकपा एमालेका नेता किशोर कुमार लिम्बु निर्वाचित भएका छन । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार एमाले उम्मेदवार लिम्बुले काँग्रेसका उम्मेदवार गोपाल भट्टलाई नौं सय ३३ मतको अन्तरले हराउँदै नगर प्रमुखमा निर्वाचित भएका हुन् ।

लिम्बुले सात हजार एक सय चार र भट्टले छ हजार एक सय ७१ मत ल्याएका थिए । यस्तै गरी उप प्रमुखमा भने काँग्रेसकी गंगा जोशी निर्वाचित भएकी छिन । जोशीले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेकी खिमा चन्दलाई पाँच सय ४३ मतको अन्तरले हराउँदै उप प्रमुखमा निर्वाचित भएकी छिन । जोशीले छ हजार तीन सय ६५ र चन्दले पाँच हजार आठ सय २२ मत ल्याएकी थिईन ।

०७४ को चुनावमा एमालेबाट उप प्रमुख, र काँग्रेसबाट प्रमुख जितेको उक्त पालिकामा ०७९ मा एमाले प्रमुख, उप प्रमुखमा काँग्रेसले जितेको छ । ०४६ सालपछि एमाले पहिलो पटक नेतृत्वमा पुगेको छ । १० वडा रहेको उक्त पालिकामा १/१ काँग्रेस, माअ‍ोवादी, २ राप्रपा र ६ एमालेले जितेको छ । कुल २६ हजार ८०३ मतदाता रहेको उक्त नगरपालिकामा ५२ पदका लागि २५६ जना उम्मेदवार चुनावी मैदानमा थिए । १८ हजार ३१८मत खसेका थिए । नेकपा एमाले र माओवादी एकीकरणपछि पनि उनले दोधाराचाँदनीको नेतृत्व पाएका हुन ।

तपाइको प्रतिक्रिया
(Visited 449 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
८१ वर्षीय रसिंह व्यञ्जनकारले वडा अध्यक्षमा दिए उम्मेदवारी