जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्षमा जसपाका उम्मेदवार जयकुमार यादव विजयी भएका छन् ।
यादवले ५४१० मत पाए उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामबाबु यादवले २४५५ मत ल्याएका छन् । एमालेका सुशिलकुमार यादवले १७६८, स्वतन्त्र उम्मेदवार मनोजकुमार यादवले ४०८, माओवादीका रंजीत यादवले ३१५ मत ल्याएका छन् ।
उपाध्यक्ष पदमा जसपाका सैदा खातुनले ४४१४ मत ल्याएका छन् । खातुनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी अनिता कुमारीले ३१५२ मत अन्य प्रतिद्वन्दी मध्ये एमालेका अन्जल साहले १८६ र नेकपा एसका मुन्नी देवी झाले ४६० मत ल्याएकी छिन् ।
सो गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मेश्वर यादव, वडा नम्बर २ को वडाध्यक्षमा नेकपा एस का नरेशप्रसाद यादव, वडा नम्बर ३ को वडाध्यक्षमा जसपाका रामसागर महतो, वडा नम्बर ४ को वडाध्यक्ष मा जसपाका उदयचन्द्र झा, वडा नम्बर ५को वडाध्यक्षमा जसपाका कैलाश कुमार यादव, वडा नम्बर ६ को वडाध्यक्षमा मजसपाका मोहन यादव विजयी भएका छन् ।