जुम्ला । जुम्लाका आठ स्थानीय तह मध्य चार पालिकाका काँग्रेस,दुईमा माओवादी केन्द्र विजयी भएकाे छ भने एकमा स्वतन्त्र का उम्मेदवार ले बाजि मारेका छन्। जिल्लाकाे कनकासुन्दरी,हिमा,तातोपानी र पातारासीमा काँग्रेसले जितेकाे छ। सिँजा र तिला गाउँपालिकामा माओवादी केन्द्र विजयी भएकाे छ। चन्दननाथ नगरपालिकामा भने स्वतन्त्र उम्मेदवार ले विजयी भएका हुन्।
कनकासुन्दरीमा काँग्रेस
कनकासुन्दरी गाउँपालिकामा काँग्रेसका दामाेदर आचार्यले दुई हजार ८ सय ६ मत प्राप्त गर्दै अध्यक्षमा निरेवाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका धन बहादुर रावतले दुई हजार ५ सय ६२ मत प्राप्त गरेका छन्। उपाध्यक्ष मा काँग्रेस बाट प्रेमकली बुढा विजयी भएकि छन्। उनले दुई हजार ३ सय ८० मत ल्याउदा माओवादी केन्द्र कि रिता खत्रीले १ हजार ९ सय ५४ मत प्राप्त गरेकि हुन्।
सिँजामा माओवादी केन्द्र
सिँजा गाउँपालिकाकाे अध्यक्ष मा माओवादी केन्द्रका पुर्ण प्रसाद धिताल विजयी भएका छन्। धितालले एक हजार ९ सय ४९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका नन्दराम बुढाले एक हजार ८ सय ३१ मत पाएका हुन्। उपाध्यक्षमा पनि माओवादि केन्द्र कि सितली राेकाया ले एक हजार ९ सय ६६ मत प्राप्त गर्दै विजयी भएकि हुन्। निकटतम प्रतिद्वन्द्वी काँगेस कि रजन्कला शाहीले एक हजार ६९ मत प्राप्त गरेकि हुन्।
तिला मा माओवादी केन्द्र
तिला गाउँपालिकाका माओवादी केन्द्र का माेतिलाल राेकाया १ हजार ९ सय ३६ मत प्राप्त गरेर विजयी भएका छन्। उनका प्रतिस्पर्धी काँग्रेसका एकराज चाैंलागाईले १ हजार ९ सय १५ मत प्राप्त गरेका हुन्। तिला मा पनि उपाध्यक्षमा माओवादी केन्द्र बाट गाेरिकला बुढा दुई हजार २२ मत ल्याएर विजयी भएकि छन्। उनकि प्रतिद्वन्द्वी काँग्रेस बाट सुस्मा श्रेष्ठले एक हजार ८ सय ७ मत प्राप्त गरेकि हुन्।
तातोपानीमा अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र
तातोपानी गाउँपालिकामा काँग्रेसका नन्द प्रसाद चाैंलागाई दुई हजार २५ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेबाट सुरत बहादुर शाहिले दुई हजार २५ मत प्राप्त गरेका हुन्। उपाध्यक्षमा भने माओवादी बाट रेवती रावल एक हजार ८ सय ९ मत प्राप्त गर्दै विजयी भएकि छन्। प्रतिस्पर्धी काँग्रेस कि विन्दु अधिकारीले एक हजार ५ सय २३ मत प्राप्त गरेकि हुन्।
चन्दननाथमा मेयर स्वतन्त्र, उपमेयर काँग्रेस
जुम्लाकाे एक मात्र नगरपालिका चन्दननाथकाे मेयर मा स्वतन्त्र उम्मेदवार राजुसिं कठायतले बाजी मारेका छन्। काँग्रेसले टिकक नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका कठायतले काँग्रेसकै उम्मेदवार पदम शाहीलाई पछि पार्दै विजयी भएका हुन्। कठायतले दुई हजार ४ सय ३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी काँग्रेसका पदम बहादुर शाहिले दुई हजार ३ सय ४१ मत पाएका हुन्। उपमेयरमा भने काँग्रेसबाट रामदेवी खड्का २ हजार ८ सय ८ मत ल्याएर विजयी भएकि हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादी बाट भिम बहादुर थापाले एक हजार ६ सय ८६ मत प्राप्त गरेका हुन्।
पातमरासीमा अध्यक्ष काँग्रेस,उपाध्यक्ष माओवादी
पातारासी गाउँपालिकाकाे अध्यक्षमा काँग्रेसका पुर्णसिंह बाेहाेरा निर्वाचित भएका छन्। बाहाेराले दुई हजार ७ सय ६८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी बाट हरि बहादुर बुढाले दुई हजार ६ सय ६८ मत ल्याएका हुन्। उपाध्यक्ष मा भने माओवादी बाट जनमाया राेकाया विजयी भएकि छन्। राेकायाले दुई हजार ७ सय ५४ मत पाउँदा उनकि निकटतम प्रतिद्वन्द्वी काँग्रेस बाट शान्ति बुढाले २ हजार ४ सय ६३ मत प्राप्त गरेकि हुन्। जिल्लाकाे गुठचाैर गाउँपालिमा मतगणना जारि छ। जुम्लाका आठ पालिका मध्य गुठिचाैरकाे मात्रै नतिजा आउन बाँकि छ।