रौतहटका दुई पालिकाको नगरप्रमुखमा एकिकृत समाजवादी निर्वाचित


रौतहट ।
नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको गृह जिल्ला रौतहटका २ वटा नगरपालिकामा एकिकृत समाजवादी विजयी भएको छ ।

नेपालको गृह नगर गौरमा नेकपा एकिकृत समाजबादी पार्टीबाट उम्मेदवार दिएका शम्भु साहले ६३८१ मत प्राप्त गरेर विजयी भएका हुन् । साहका प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अजयकुमार गुप्ताले ३७५५ मत ल्याएका थिए । नेकपा एसका साहले २६२६ मतको फराकिलो अन्तरबाट गुप्तालाई पराजित गर्दै गौर नगरपालिकाको पाँचौ नगर प्रमुख बन्न सफल भएका छन् ।

उप प्रमुखमा नेकपा एसकै शैलकुमारी देवीले ४८०९ मत प्राप्त गरी विजयी भएकी छिन् । उनले आफना निकटतम प्रतिद्धन्दी शाहजाहा खातुनलाई ११२४ मतको अन्तरबाट हराउदै उपमेयर बेनेकी छिन् । यस्तै नेकपा एसले वडा नम्वर १, २, ३, ४, ६, ९ नम्वर वडा पुरै प्यानल साथ जित हासिल गरेको छ भने वडा नम्वर ५ मा एसकै वागी उम्मेदवारको पक्षमा गएको छ । वडा नम्वर ७ मा लोसपा र वडा नम्वर ८ मा नेपाली काँग्रेसको उम्मेदवारले जित्न सफल भएको छ ।

यसैगरी राजदेवी नगरपालिकाको प्रमुखमा पनि नेकपा एकीकृत समाजवादीका उम्मेदवार भिखारी यादव विजयी भएका छन् । नगर प्रमुखमा निर्वाचित यादवले ७०५२ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्दी धिरेन्द्र सिंहले ३७०७ मत प्राप्त गरे । उनले पूर्व मेयर तथा नेपाली कांग्रेसका उम्मेदवार धिरेन्द्र सिंहलाई ३ हजार ३४५ मत अन्तरका साथ पराजित गरेका छन् । यसैगरी उपमेयरमा समाजवादीकै राजकुमारी देवीले ५ हजार ८४२ मत प्राप्त गर्दै निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांगे्रसकी अर्चना कुमारी यादवले ३ हजार १४९ मत प्राप्त गरेकी छिन ।

तपाइको प्रतिक्रिया
(Visited 503 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको शहिदनगरमा जसपाका मेयर निर्वाचित