बढ्दो प्रतिजैविक सहनशीलता प्रदूषण र जलवायु परिवर्तन

एन्टिबायोटिक रेसिस्टेन्स अर्थात् रोग प्रतिरोधी समस्या बढ्दो स्तरमा रहेको छ । जसलाई अरू नजरन्दाज गर्नु जनस्वास्थ्यका लागि हानिकारक हुन सक्छ । यसमा कुनै शंका छैन दसकौंदेखि यी रोगप्रतिरोधी औषधीले मानिस, पशुपक्षी एवं बालीनालीका संक्रामक रोगहरू बढाउँदै छ । मानिस, पशुपंक्षी एवं बालीनालीका संक्रामक रोगलाई न्यूनीकरण गर्न र मानवीय जीवन बचाउन एवं उत्पादकत्व बढाउन यसको महŒवपूर्ण योगदान रहेको हुन्छ । तर, तिनको प्रभावशालीता भने अब खतरामा परेको छ । जसरी जीवाणुहरू विकसित हँुदै छन् ती यिनै औषधीप्रति प्रतिरोधी बन्दै गइरहेका छन् । जसका कारण रोगप्रतिरोधी उपचार कम प्रभावी हुँदै गइरहेका छन् ।

कति गम्भीर भइसक्यो यो समस्या ?
हालै संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमद्वारा जारी प्रतिवेदनबाट थाहा भएको छ कि सन् २०१९ मा यसका कारणले करिब १३ लाख मानिसको ज्यान गएको थियो, जुन सन् २०५० मा बढेर १ करोडभन्दा बढी हुनेछ । यसको मतलब सन् २०५० मा प्रतिजैविक प्रतिरोध सहनशीलताले त्यति मानिसको ज्यान लिनेछ जति सन् २०२० मा क्यान्सरले गर्दा पनि भएको थिएन । तथ्यांकलाई हेर्ने होे भने सन् २०१९ मा कतै न कतै करिब ५० लाख मानिसको मृत्युका लागि यससँग जोडिएको संक्रमण जिम्मेवार थियो । यसले वैश्विक अर्थ व्यवस्थालाई पनि कमजोर पार्दै छ । अनुमान गरिन्छ कि सन् २०५० मा वैश्विकस्तर रोगप्रतिरोधी क्षमता ३ दशमलव ८ प्रतिशत सकल घरेलु उत्पादकको क्षतिका कारण बन्ने छ । प्रतिवेदनअनुसार सन् २०३० सम्म यसका कारणले प्रतिवर्ष सकल घरेलु उत्पादनलाई करिब २ सय ५७ दशमलव ६ लाख करोड रुपैयाँ नोक्सान हुनेछ । साथै यस कारणले अरू २ दशमलव ४ करोड मानिस गरिबीको खाडलमा जान विवश हुनेछन् ।

कसरी प्रदूषणको माध्यमबाट पर्यावरणमा फैलिँदै छ रोग ?
जब एन्टिवायोटिकसलाई यतिकै पर्यावरणमा छोडी दिँदा ती अन्य कारकसँग मिलेर प्राकृतिक सूक्ष्मजीवलाई प्रभावित गर्दछन् यिनैमध्येका सूक्ष्मजीव वा जीवाणु कैयांै रोगका लागि जिम्मेवार हुन्छन् । समयको साथै सूक्ष्म जीवाणु एन्टिवायोटिक प्रतिरोगाणुरोधी विकसित हुन्छन् । जसले यिनलाई अझ बढी सक्षम बनाउँछ । कैयांै अवस्थामा बढ्दो प्रदूषण पनि पर्यावरणमा रोगाणुरोधी प्रतिरोधको विकासमा योगदान दिँदै छ किनकी त्यसमा केही छानिएका एन्टिवायोटिकस प्रोत्साहित गर्दछ । अनुमान गरिन्छ प्रतिवर्ष झाडापखालाका करोडांै बिरामीलाई एन्टिवायोटिक औषधी प्रयोग गरी उपचार गरिन्छ । जसमध्ये ६० प्रतिशतलाई सफा पानी एवं सामुदायिक स्वच्छताले रोक्न सकिन्थ्यो । यस्तोमा यी औषधीको उपयोग रोगाणुरोधी प्रतिरोधलाई प्रोत्साहित गर्दै छ । समस्या त्यति बेला बढी गम्भीर भएर जान्छ, जब मानिस खुलामा शौच गर्दछन वा फेरि त्यससँग जोडिएको जललाई ठीकसँग व्यावस्थापन गर्न एवं त्यसलाई पर्यावरणमा त्यतिकै छाडिन्छ । यसमा एन्टिवायोटिक औषधीको पनि अंश हुन्छ ।

जसरी जीवाणुहरू विकसित हँुदै छन्, ती यिनै औषधीप्रति प्रतिरोधी बन्दै गइरहेका छन् । जसका कारण रोगप्रतिरोधी उपचार कम प्रभावी हुँदै गइरहेका छन्

यसैगरी फार्मास्युटिकल उद्योग स्वास्थ्य केन्द्रबाट निस्किने फोहर एवं ढलले पनि यसको प्रसारलाई प्रोत्साहित गर्दछ । कृषि एवं पशुपालन क्षेत्रमा अनियन्त्रित तरिकाले प्रयोग भइरहेको एन्टिबायोटिक औषधी एवं कीटनाशक औषधी पनि एउटा ठूलो जोखिम मानिन्छ । त्यही एक अनुमानका अनुसार वैश्विक स्तरमा करिब ११ प्रतिशत कृषि भूमिको सिँचाइका लागि दूषित जलको उपयोग भइरहेको छ । यसलाई राम्रोसित प्रशोधन गरिँदैन । हेर्ने हो, भने वैश्विक स्तरमा रोगाणुरोधी प्रतिरोधलाई लिएर प्रायजसो ध्यान, कृषि, पशुपालन एवं जनस्वास्थ्यमा दिइएको पाइन्छ जसमा कतै न कतै पर्यावरणलाई नजरअन्दाज गरिन्छ । तर, यो साँचो हो कि पर्यावरणमा बढ्दो रोग प्रतिरोधी पनि मानिस पशुपंक्षी एवं बोटबिरुवाको विकास प्रसार एवं फस्टाउनका लागि जिम्मेवार छ । परिणामस्वरूप यसबाट छुटकारा पाउन अझ बढी एन्टिबायोटिकको उपयोग गरिन्छ । यही कारण हो कि समस्या अझ गम्भीर रूप लिँदै छ ।

सयुक्त राष्ट्र संघ पर्यावरण कार्यक्रमको प्रतिवेदनअनुसार रोगाप्रतिरोधीको बढ्दो जोखिमका लागि कतै न कतै जल वायुमा हुने परिवर्तन पनि जिम्मेवार छ । बढ्दो तापमान बढ्दो रोगाण्ुारोधी प्रतिरोधसँग पनि जोडिएको छ । कैयौं रोग जलवायुप्रति संवेदनशील हुन्छन् । पछिल्लो अध्ययन अनुसन्धानबाट पनि थाहा भएको छ कि पर्यावरणीय परिस्थिति एवं तापमानमा आउने परिवर्तनले मानिसहरू पशुपंक्षी एवं बोटबिरुवामा कैयांै जिवाणु भाइरस, परजीवी ढुसी एंवसंवाहक जनित रोगको प्रसारमा वृद्धि गर्न सक्तछ । यिनैमध्ये कैयांै रोगमा रोगाणुरोधी प्रतिरोध बढ्दो छ । साथै नै जलवायु परिवर्तन पर्यावरणमा पनि रोगाणुरोधि पूतिरोध फैलाउनमा मद्दत गरी राखेको छ । जसरी जलवायु परिवर्तनले गर्दा प्रतिकूल घटनामा वृद्धि हुँदै छ त्यसबाट बाढी आदिका जोखिम बढ्दो छ । जसका कारण ढल फोहर उपचार प्लान्टको फोहोर पानी एवं ढल दूषित अवस्थतामा नै पर्यावरणमा फैली राखेको छ जसमा कैयौं किसिमका एन्टिवायोटिकस हुन्छन् । यसै गरी जलवायु परिवर्तनले गर्दा घट्दो उत्पादकतालाई पूरा गर्न कृषि एवं पशुपंक्षीपालनमा पहिलेको दाजोमा बढी नै एन्टिवायोटिकस प्रयोग गर्ने क्रम बढ्दो छ बिना कुनै औचित्यम ।

एउटा यस्तो सरसफाइ प्रणाली विकसित गर्नुपर्ने हुन्छ, जसबाट थाहा होस् कि यी एन्टिबायोटिकस औषधीको कति उत्पादन भयो तिनको कति बिक्री भयो एवं कति औषधी मौज्दातमा बाँकी रह्यो

कसरी उन्मुक्ति पाउने
सयुक्त राष्ट्र पर्यावरण कार्यक्रमद्वारा जारी गरिएको प्रतिवेदनमा वन हेल्थ एक स्वास्थ्य अवधारणाअन्तर्गत पर्यावरणमा पनि ध्यान दिनुपर्ने भनिएको छ । जसका अनुसार रोगाणुरोधि पूतिरोधको यस बढ्दो बोझलाई कम गर्न सकिन्छ । समाधन विद्यमान छ मात्र यसका लागि वैश्विक स्तरमा प्रतिबद्धता आवश्यक छ । प्रतिवेदनमा यसका लागि चार कुरामा ध्यान दिनुपर्ने भनिएको छ यसमा पर्यावरण सम्बन्धी योजना एवं नियमलाई बलियो गुर्नपर्ने हुन्छ । रोगााणुरोधि प्रतिरोध सँग जुध्नका लागि राष्ट्रियस्तरमा कार्य योजना विकसित गर्नुपर्ने छ । जसअन्र्तगत एन्टिवायोटिकसको निर्माण जल स्वच्छता कृषि पशुपंक्षी जन्य पलोहर मैला व्यवस्थापन एवं आधारभुत संरचना सम्वन्धी नियमहरू पर्यावरणीय नियममा ध्यान दिनुपर्नेछ ।

साथै समुदायलाई यसको विवेकपूर्ण प्रयोगदेखि लिएर उत्पादकको पनि जिम्मेवारी तोकिनुपर्ने छ । दोस्रो महत्वपूर्ण बिन्दु यो छ कि ती प्रदूषकलाई पहिचान गरी लक्षित गर्नुपर्ने छ जुन, रोगाणुरोधि प्रतिरोधसँग जोडिएका छन् । फोहोर पानी उपचार एवं व्यवस्थापन जस्ता उपायले यसमा मद्दत हुन सक्छ । साथै कृषि एवं पशुपक्षीपालन क्षेत्रमा उपयोग हुने किटनाशकमा पनि ध्यान दिनुपर्नेछ । रोगाणुरोधि प्रतिरोधक पर्यावरणमा फैलिनबाट बचाउन यिनको अनुगमन नियमन प्रणालीलाई सुदृढ गर्नुपर्ने हुन्छ । एउटा यस्तो सरसफाइ प्रणाली विकसित गर्नुपर्ने हुन्छ, जसबाट थाहा होस् कि यी एन्टिबायोटिकस औषधीको कति उत्पादन भयो तिनको कति बिक्री भयो एवं कति औषधी मौज्दातमा बाँकी रह्यो । साथै, बेकार औषधीलाई कसरी व्यवस्थापन बिसर्जन गर्ने हो । यसमा पनि विचार गर्नुपर्ने हुन्छ । यसअन्तर्गत कृषि एवं पहुपालन क्षेत्रमा पूयोग हुने एन्टिबायोटिकसमा पनि निगरानी राखिनुपर्ने हुन्छ । साथै बायो प्रोटकस जस्तै बायोफर्टिलाइजर, बायोप्लास्टिकस, बायोसोलिड एवं प्लान्ट ग्रिथ प्रोमोटर्सको सुुरक्षाको जानकारी राख्नुपर्ने हुन्छ ।

अन्त्यमा कृषि एवं पहुपंक्षी पालनका क्षेत्रमा दिइने अनुदान एवं वितीय सहायतामा यस कुराको विचार गर्नुपर्ने हुन्छ कि तिनले रोगाणुरोधी प्रभावलाई प्रोत्साहित नगरोस् । यसका लगि सबै सरोकार बालाहरू यसप्रति सुसुचित हुनुका साथै जागरुक हुनुपर्नेछ । नत्र, यो समस्या हाम्रासामु महामारी भित्रका रूपमा रहिरहने छ । कोभिड–१९ को संक्रमणको बेला देखिएको ब्ल्याक, ह्वाइट भेलो फंगस त संकेत पात्र हुन् भन्दा हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 519 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुरमा कांग्रेसबाट धोका भएको माओवादी केन्द्रको निष्कर्ष