चन्द्रपुर नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका काफ्ले र उप प्रमुखमा चौधरी बिजयी


रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका नगर प्रमुख उमेदवार संजय काफले बिजयी भएका छन् । उपप्रमुखमा कांग्रेसकै जयमाला चौधरी निर्वाचित भएकी छन् । चन्द्रपुर नगरपालिकाको नगरप्रमुखमा कांग्रेस उम्मेदवार काफ्लेले ९ हजार १ सय ६३ मत ल्याइ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार शिवप्रसाद आचार्यलाई २ हजार ६ सय ३९ मतान्तरले पराजित गरेका हुन् । पराजित एमाले उम्मेदवार शिवप्रसाद आचार्यले ६ हजार ५ सय २४ मत पाए ।

उपप्रमुखमा नेपाली कांग्रेसकी चौधरीले ११ हजार ३ सय ७८ मत पाएर निर्वाचित भएकी छन् । चौधरीकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी देवकी नेपालले ७ हजार ६ सय ४० मत पाएकी छन् ।

यसैगरी चन्द्रपुर नगरपालिकाको १० वटै वडामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओबादीका उमेदवारहरु बिजयी भएका छन् ।
चन्द्रपुर नगरपालिका वाड नं. १० मा नेकपा एमालेका उमेदवार टंकेश्वर चौधरी बिजयी भएका छन । उनले ११५८ मत ल्याइ वडा अध्यक्ष पदमा बिजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उमेदवार जयराम चौधरीले १११५ मत ल्याएका थिए । जयराम चौधरी यस अघिका वडा अध्यक्ष हुन् । यसैगरी वडा नं. ९ मा पनि नेपाली कांग्रेसका नबराज देबकोटा बिजयी भएका छन् । देबकोटाले १ हजार २ सय २४ मत ल्याइ बिजयी भएका थिए । उनले निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उमेदवार लिलाधर चौधरीलाई हराएका थिए । चौधरीले १ हजार ३८ मत ल्याएका थिए ।

त्यस्तै चन्द्रपुर नगरपालिकाको वाड नं. ८ मा नेपाली कांग्रेसका वाड अध्यक्ष उमेदवार जितेन्द्र चौधरीले १८ मतको अन्तरले बिजयी भएका हुन उनले नेकपा एमालेका उमेदवार पासपत चौधरीलाइ हराएका हुन ।पासपत चौधरी यस अघिका वाड अध्यक्ष पनि हुन् ।

यस अघि चन्द्रपुर नगरपालिकाको वाड नं. ७ मा नेपाली कांग्रेसका वाड अध्यक्ष उमेदवार बिष्णु उप्रेती निर्वाचित भएका छन । उप्रेतीले ९ सय ९५ मत ल्याएर बिजय भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जयनारायण साहले ६ सय २८ मत ल्याएका थिए भने माओवादी केन्द्रका उम्मेदवार उमेश सहनील ५ सय २९ मत ल्याएका थिए ।

यसैगरी वाड नं. ६ मा मा नेकपा माओबादीका वाड अध्यक्ष उमेदवार सहदेब केसी बिजयी भएका छन । मत गणनाको अन्तिम परिणाम अनुसार उनले ११६३ मत ल्याइ वाड अध्यक्षमा बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका नेत्र कुश्वारले १०८८ मत ल्याएका थिए ।

यसैगरी चन्द्रपुर नगरपालिका वाड नम्बर ५ मा नेपाली कांग्रेसका उमेदवार निलहरी कोइराला बिजयी भएका छन । नेपाली कांग्रेसका पुराना नेता कोइरालाले फराकिलो मत सहित वाड अध्यक्ष पदमा बिजयी भएका हुन । उनको निकटतम प्रतिद्धन्दीमा नेकपा एमालेका उमेदवार नबिन बराल रहेका छन् ।

यस्तै चन्द्रपुर नगरपालिका वाड नं. ४ मा नेकपा एमालेको तर्फबाट उमेदवार बनेका रबि राना मगरको प्यानल नै बिजयी भएको छ । अन्तिम मत परिणाम अनुसार एमालेका उमेदवार रानाले ८२४ मत ल्याएर बिजयी भएका हुन । उनको निकटतम प्रतिद्धन्दी नेपाल कार्कीले ७ सय ९८ मत ल्याएका थिए ।

यसैगरी चन्द्रपुर नगरपालिका वाड नं. ३ मा नेकपा माओबादीका उमेदवार बोधराज देबकोटा (रबि)ले फेरी जितेका छन् । देबकोटाले १३८४ मत ल्याइ वाड अध्यक्षमा बिजयी भएका छन भने उनका निकटतम प्रतिद्धन्दी दोङले १३११ मत ल्याएका थिए ।
चन्द्रपुर २ मा नेकपा माओबादीका उमेदवार दुत्त बहादुर थिङ र वाड नं. १ मा नेपाली कांग्रेसका उमेदवार बलराम राउत वाड अध्यक्षमा बिजयी भएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 274 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
एमालेबाट इटहरी र धरानमा मेयर–उपमेयरको नाम सिफारिस