लालबन्दीको मेयर उपमेयर दुबै पदमा काँग्रेस उम्मेदवार विजयी

सर्लाही। भूगोलको आधारमा जिल्लाकै सबैभन्दा ठुलो लालबन्दी नगरपालिकामा काँग्रेसले बाजी मारेको छ । एमालेका उमेदवारलाई पछि पार्दैै मेयर उपमेयर दुबै पदमा काँग्रेसले बाजी मारेको हो ।

मेयरमा काँग्रेस नेता बासुदेव अधिकारी र उप मेयरमा काँग्रेस नेतृ कल्पना पाख्रिन विजयी भएको निर्वाचन अधिकृतको कार्यालय लालबन्दीले जानकारी दिएको छ । निर्वाचन अधिकृत विनोदलला श्रेष्ठका अनुसार मेयरमा अधिकारीले ९ हजार ५६१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गोविन्द महतले ७ हजार ८८३ मत प्राप्त गरे । यी दुइबीच १ हजार ७७८ मत अन्तर रहेको छ ।

त्यस्तै उपमेयरमा पाख्रिनले एमालेकी संसरीमाया थिङलाई ६९१ मत अन्तरले पराजित गरेकी छन् । उपमेयरमा पाख्रिनले ८ हजार ८५० मत प्राप्त गरिन भने एमालेकी थिङले ८ हजार १५९ मत प्राप्त गरिन् ।

यता, मेयर र उपमेयरमा तालमेल गरेका माओवादी केन्द्र र एकीकृत समाजवादीका उमेदवारहरु भने तेश्रोमा खुम्चिएका छन् । माओवादी केन्द्रका मेयर उमेदवार प्रह्लाद बुढाथोकीले ६ हजार १७५ मत पाए भने उपमेयरका उमेदवार गोविन्द अधिकारीले ३ हजार ६४१ मत पाए ।

केन्द्रीय पाँच दलीय गठबन्धन अनुसार लालबन्दीमा काँग्रेसका मेयर उमेदवारलाई फिर्ता बोलाउन खोजिए पनि त्यो असफल भएको थियो । काँग्रेस उमेदवार बासुदेव अधिकारीको उमेदवारी फिर्ता गर्न शेर बहादुर देउवाले पत्र नै पठाए पनि त्यो ढिलो गरी प्राप्त हुँदा कार्यान्वयन भएको थिएन ।

तपाइको प्रतिक्रिया
(Visited 315 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेस पहिलाे पार्टी, २५२ पालिका प्रमुखमा विजयी