लोसपाको पनि खुल्यो खाता, गोडैतामा यादव र कुशवाहा निर्वाचित


सर्लाही ।सर्लाहीको गोडैता नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जितेको छ ।गोडैताको जित सँगै सर्लाहीमा लोसपाले खाता खोलेको छ। गोडैता नगरपालिकामा दोस्रो कार्यकालको लागि पु:न मेयर पदमा देवेन्द्र कुमार यादव र उपमेयरमा अंजना कुशवाहा विजयी भएका छन् ।

नगर प्रमुखमा निर्वाचित यादवले ५ हजार २ सय ९४ मत प्राप्त गरे भने उपप्रमुखमा कुशवाहाले ५ हजार ३ सय १ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । नगर प्रमुख यादका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र प्रसाद कुशवाहाले ४ हजार ७ सय ५२ मत प्राप्त गरे ।

त्यस्तै उप प्रमुख कुशवाहाको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामशखी देबीले ४ हजार ४ सय ९३ मत प्राप्त गरिन् । नगर प्रमुखमा पराजित भएका कुशवाहा यस अघि मधेस प्रदेशका प्रदेश सभा सदस्य थिए ।

तपाइको प्रतिक्रिया
(Visited 349 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थापितको घरदैलोमा मतदाताको शुभेच्छा