नवनिर्वाचित जनप्रतिनिधीहरुले सपथ लिए


पाल्पा । २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट नव निर्वाचित पाल्पाका पालिका प्रमुख र उपप्रमुखहरूले मुख्य निर्वाचन अधिकृतसंग सपथ ग्रहण गरेका छन् । निर्वाचन अधिकृतहरूसंग प्रमाणपत्र लिएपछि उनीहरू सपथ ग्रहण गरेका हुन् । जिल्लाका ३ सय ९८ जना जनप्रतिनिधीहरूले शुक्रबारदेखि पालिकाको जिम्मेवारी लिने छन् ।

रम्भा गाउँपालिका बाहेक अन्य ९ वटा स्थानीय तहका जनप्रतिनिधिहरू काममा लाग्ने छन् । ९ वटा पालिका मध्ये नेकपा एमालेले पाँच अध्यक्ष, चार उपाध्यक्ष जितेको छ । नेपाली काँग्रेसले दुई प्रमुख, एक उपप्रमुख, एक अध्यक्ष र एक उपाध्यक्षमा विजय हासिल गरेका छन् । नेकपा माओवादी केन्द्रले एक अध्यक्ष र दुई उपाध्यक्षमा विजय हासिल गरेको छ ।

२०७४ सालमा निर्वाचित जनप्रतिनधीहरूको ५ बर्षे कार्यकाल जेठ ६ गते सकिदै छ । जिल्लाका ८१ वटा वडाहरू ७६ वटा वडाको मतगणना सम्पन्न हुँदा नेकपा एमालेले ३८ वडा, नेपाली काँग्रेसले ३२ वडा, नेकपा माओवादीले ५ वडा र जनमोर्चा नेपालले १ वडामा जित हाँसिल गरेको छ । रम्भाको ५ वडाको परिणाम आउन वाँकी रहेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले ४० वटा वडामा जित हासिल गरेको थियो । नेपाली कांग्रेसले ३७ र माओवादी केन्द्रले ४ वटा वडामा जित हाँसिल गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 91 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

केही समय बसेर सकियो कार्यदलको बैठक

कुरी-कुरी