गठबन्धनका कारण उपप्रमुखमा पनि पुरुष हावी


धनगढी । स्थानीय तहमा गरिएको ५ दलीय चुनावी गठबन्धनले राजनीतिक नेतृत्वमा महिलाको उपस्थिति घटाएको छ । दलहरूले पुरूष सदस्यलाई नै अगाडि सारेका कारण पालिकाको नेतृत्वमा महिलाको उपस्थिति २०७४ को भन्दा घटाएको हो ।

यसपटको चुनावमा सुदूरपश्चिमका अधिकांश स्थानीय तहको प्रमुख र उपप्रमुखमा पुरुष विजयी भएका छन् । गठबन्धनमा आवद्ध दलहरुले उम्मेदवारी दिँदा नै महिलालाई दुई प्रमुख पद मध्ये एकमा टिकट दिनुपर्ने भएपनि यो पटक भने अलग अलग दलबाट पुरुषलाई नै टिकट दिएकोले महिलाको उपस्थिति कम भएको छ ।

कैलालीको मोहन्याल गाउँपालिकामा २०७४ मा उपाध्यक्ष महिला भए पनि २०७९ को निर्वाचनमा भने अध्यक्ष र उपाध्यक्षमा पुरुष निर्वाचित भएका छन्। मोहन्यालमा अध्यक्षमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका देवीदत्त उपाध्याय र उपाध्यक्षमा नेपाली काँग्रेसका कमल साउँदले टिकट पाएर चुनाव लड्दा उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारले चुनाव जित्न सकेनन् । यस्तै कैलालीको बर्दगोरियामा पनि गठबन्धनका लोकेन्द्र सारुमगर उपाध्यक्षमा निर्वाचित भएका छन् ।

बैतडीको डिलाशैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी अध्यक्षमा निर्वाचित भए पनि उपाध्यक्षमा भने गठबन्धनका भगीरथ बोहरा निर्वाचित भएका छन् ।

यसैगरी गठबन्धन भएको दार्चुलाका सबैजसो पालिकामा प्रमुख उपप्रमुखमा पुरुष विजयी भएका छन् । नौगाड, मालिकार्जुन, व्याँस गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा पुरुष सदस्य निर्वाचित भएका छन् ।

बझाङका गठबन्धन गरेर चुनाव लडेका स्थानीय तहमा पनि प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष सदस्य नै निर्वाचित भएका छन् । जयपृथ्वी नगरपालिका र बुंगल नगरपालिका तथा थलारा, दुर्गाथली र मष्ठा गाउँपालिकामा दुवै पदमा पुरुष नै निर्वाचित भएका छन् ।

चुनावी गठबन्धन हुँदा फरक–फरक दलबाट प्रमुख र उपप्रमुखले उम्मेदवारी दर्ता गर्दा महिलाहरुलाई प्राथमिकता दिइएन। जसकाकारण स्थानीय सरकारका प्रमुख पदमा पुरुष मात्रै निर्वाचित भएका छन्।

तपाइको प्रतिक्रिया
(Visited 263 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बिआरआईमा अनुदान मात्रै स्वीकार्ने कांग्रेस अडान यथावत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेन्छ्यायेम गाउँपालिकामा एमालेका खापुङ र कांग्रेसकी तिम्सिना निर्वाचित