सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा जनता समाजवादी पार्टी(जसपा) नेपालले विजयी भएको छ । जनता समाजवादी पार्टीबाट अध्यक्ष पदमा कृष्ण कुमार यादव र उपाध्यक्षमा मिना देवी राय निर्वाचित भएका हुन् ।
यादव ५९१५ मत ल्याएर विजयी भएको छन् भने उपाध्यक्षमा रायले ५८१५ मत ल्याए । यादवका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदरवार रामजी साह तेलीले ३५२१ मत प्राप्त गरे भने उपाध्यक्षमा रायका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विमल जयसवालले ३७६० मत प्राप्त गरे । यो सँगै सर्लाहीमा जसपाले २ पालिका जितेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 198 times, 2 visits today)