पर्सामा एमालेले बिरासत तोड्यो


वीरगन्ज । पुनः स्थानीय तहको निर्वाचनमा होमिएर साविकको पालिका प्रमुखको अस्तित्वमा फर्कन चाहने पर्साका तीन पालिकाका प्रमुखको विरासत एमालेले तोडिदिएको छ । पालिका प्रमुखमा दोहोरिन चाहने पर्साको पर्सागढी र पोखरिया नगरपालिकाका निवर्तमान नगरप्रमुख र ठोरी गाउँपालिकाका निवर्तमान अध्यक्षको विरासत यसपटक तोडिदिएको हो ।

पालिकाको नगरप्रमुख र उपप्रमुख दुवै पदमा २०७९ सालको स्थानीय तहको निर्वाचनमा एमाले विजयी भएको छ । २०७४ सालको निर्वाचनमा पर्सागढीमा कांग्रेसका लोकनारायण यादव विजयी भएका थिए । त्यसैगरी पोखरिया नगरपालिकाको नेतृत्व पनि नेपाल संघीय समाजवादी पार्टीका दिपनारायण रौनियार (मन्टु)ले जितेका थिए । ठोरीको नेतृत्वमा माओवादी केन्द्रका पदमलाल (पीएल) श्रेष्ठले जितेका थिए । उनीहरू तिनै जना पुनः सोहीपदमा दोहोरिन यसपटकको उम्मेदवार भए । तर, उनीहरू तीनै जना एमाले उम्मेदवारद्वारा पराजित बने ।

पर्सागढीमा एमालेका गोकर्ण पाठक, पोखरियामा प्रदुमन चौहान र ठोरीमामा लालबहादुर श्रेष्ठ निर्वाचित भए । तीन पालिकाको उपप्रमुखमा पनि एमालेकै क्रमशः पूजा चौधरी, रुवीकुमारी ठाकुर र गोकुली रेग्मी निर्वाचित भए । एमालेले विरासत तोडिदिएका पालिकामध्ये पोखरियाको अवस्था निकै रोचक रहेको छ । साविकका नगरप्रमुख मन्टु पहिले आफ्नो पार्टीको चुनाव चिह्न नपाएर नेपाल जनता दलको चुनाव चिह्न ‘चक्का छाप’ सापट लिएर २०७४ सालमा निर्वाचित भएका थिए । तर, योपटक भने उनी अरूको चुनाव चिह्न सापट नलिई रुख चिह्नबाट नै उम्मेदवार बनेका थिए । पोखरिया नगरपालिकाका निवर्तमान नगर प्रमुख मन्टुलाई एमालेका अनुभवी नेता संविधान सभाका सदस्य प्रदुमन चौहानले २ हजार ६ सय ४५ मतको भारी अन्तरले हराए ।

पर्सागढीका नगर प्रमुख लोकनारायण यादवलाई पनि एमालेका स्थानीय अगुवा नेता गोकर्ण पाठकले २ हजार ८ सय ९१ मत अन्तरले पछाडी पारे । २०७४ सालको स्थानीय तह निर्वाचनमा यादवले नै पाठकलाई हराएका थिए । ठोरीका पीएल श्रेष्ठ भने पर्सामा पालिका प्रमुखमध्ये काम गर्ने छवि बनाएका पालिका प्रमुखका रूपमा गनिन्थे । तर, त्यहाँ पनि एमालेका त्यतिकै अनुभवी र राम्रो छवि बनाएका लालबहादुर श्रेष्ठका सामु ७ सय २० मतको अन्तरमा हार बेहोर्नुप-यो ।

प्रमुख उपप्रमुख दुवै एमालेकै पोल्टामा गएको ती पालिकाबाहेक पर्साका अरू पालिकामा पनि पहिलेका पालिका प्रमुख दोहोरिने सम्भावना टरेको छ । एमाले र माओवादी केन्द्र दुवै एक भएपछि पर्साको जगरनाथपुर र छिपहरमाई गाउँपालिका एमालेको भागमा थिए । तर, अहिलेको पर्साको जगरनाथपुर गाउँपालिका पनि एमाले प्रवेश गरेका जालिम मियाको बिरासत पनि नेपाली कांग्रेसका श्रीकान्त यादवले तोडे । छिपहरमाईमा भने साविककै पालिका अध्यक्ष मनोज गुप्ताको अग्रता कायम छ । यता मधेश प्रदेशको एक मात्र महानगर वीरगन्जका निवर्तमान नगर प्रमुख विजयकुमार सरावगी पनि गठबन्धन दलका जसपा उम्मेदवार राजेशमानभन्दा ८ हजार भोट अन्तरले पछि परेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
वीरगन्जका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ