स्वतन्त्र उम्मेदवार हमाल गठबन्धनका उम्मेदवार भन्दा झण्डै दोब्बर मतले अगाडि

टीकापुर(कैलाली) । कैलालीको धनगढी उपमहानगरपालिकामा ४२ हजार २३० मतगणना सम्पन्न भइसक्दा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शुक्रबार बिहान ७ बजेसम्म ४२ हजार २३० मतगणना भएको हो ।

सार्वजनिक गरिएको विवरण अनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १९ हजार १४७ मत पाएका छन् । यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ हजार ५५७ र नेकपा एमालेका रणबहादुर चन्दले ४ हजार ६६४ मत पाएका छन् । हमाल र वडबीच ९ हजार ५९० मतको अन्तर छ ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ८ हजार ८१५ मतका साथ लिड गरिरहेकी छिन् । एमालेकी कन्दकला रानाले ८ हजार १४१ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ३६ मत पाएका छन् । धनगढीमा अधिकांश वडा नेपाली काँग्रेसले विजय हासिल गर्दा मेयरमा भने अपेक्षा अनुसार मत प्राप्त हुन सकेको छैन् ।

तपाइको प्रतिक्रिया
(Visited 289 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय निर्वाचनका लागि बाँके र बर्दियाको सीमा नाका ७२ घण्टा बन्द हुने