६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)


काठमाडौं । गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा सम्पन्न निर्वाचनको हालसम्म ६३८ वटामा मगगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म सबैभन्दा पालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकामा जित निकालेका छन् ।

कांग्रेसले मतगणना सम्पन्न भएका पालिकामध्ये २८३ वटाको प्रमुख तथा अध्यक्ष जितेको छ । अन्तिम मतपरिणाम आएकामध्ये ४४.३५ प्रतिशत पालिकाको प्रमुख तथा अध्यक्ष कांग्रेसले जितेको छ ।

यस्तै, एमालेले १७८ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको मतगणना सम्पन्न भएका पालिकाको २७.८९ प्रतिशत हो ।

माओवादीले १११ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सकिएका पालिकामध्ये १७.३९ प्रतिशतमा माओवादीका प्रमुख तथा अध्यक्षका उम्मेदवार विजयी बनेका छन् ।

जसपाले २० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालीसकेको छ । यो भनेको कूल मतगणना सम्पन्न भएका पालिकाको ३.१३ प्रतिशत हो ।

एकीकृत समाजवादीले हालसम्म १४ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । मतगणना सकिएकामध्ये २.१९ प्रतिशत पालिकामा एकीकृत समाजवादीका प्रमुख तथा अध्यक्षका उम्मेदवारले जितेका छन् ।

लोसपाले ७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको कूल मतगणना सम्पन्ना भएका पालिका प्रमुख तथा अध्यक्षको १.०९ प्रतिशत हो ।

आयोगका अनुसार अन्य साना दल र स्वतन्त्र उम्मेदवारले २५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । मतगणना सम्पन्न भएका पालिकामध्ये ३.९१ प्रतिशतको प्रमुख तथा अध्यक्ष पदमा साना दल तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
पर्सा गाउँपालिकामा कांग्रेसकै अध्यक्ष र उपाध्यक्ष निर्वाचित