जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा नेपाली कांग्रेसका महेन्द्र महतो विजयी भएका छन् । महतोले ७०३१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजाराम महतोले ६९४० मत पाएका थिए । मेयरका अन्य उम्मेदवार नेकपा एसका सूर्यप्रसाद पुडासैनी ३९०३, माओवादी केन्द्रका रामकुमार महतो २०३३, राप्रपाका जनककुमार कार्कीले ३५० मत पाएका थिए ।
यसैगरी उपमेयरमा नेकपा एमालेका सुनिता सिंह बुढाथोकी विजयी भएकी छिन । उनले ७४१४ मत पाएकी छिन् भने उनकी निकटतम प्रतिदन्दी नेपाली कांग्रेसकी निर्मला कोइरालाले ६७३५ मत पाइन् । उपमेयरका अन्य उम्मेदवार नेकपा एसका कविताकुमारी सिन्हाले ३८६२, जसपाकी मनुमया मोक्तानले ९३१, जनमत पार्टीकी रञ्जुकुमारी सिंहले ४५२, राप्रपाकी बबिताकुमारी सुबेदीले २७७ मत पाएकी थिइन् ।
यसैगरी वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका जोगी महतो, वडा नम्बर २ को अध्यक्षमा नेकपा एसका विहारी महतो कोइरी, वडा नम्बर ३ मा एमालेका रामएकवाल महतो विजयी भएका छन् । त्यस्तै वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका चन्द्रबहादुर बुलन तमांङ, वडा नम्बर ५ का अध्यक्षमा नेकपा एसका रामचन्द्र महतो, वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका नन्दकिशोर यादव विजयी भएका छन् । वडा नम्बर ७ को अध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर स्यागंदन, वडा नम्बर ८ का वडाध्यक्षमा नेकपा एमालेका वीरेन्द्र महतो, वडा नम्बर ९ को अध्यक्षमा नेकपा एमालेका दिपकजंग थापा विजयी भएका छन् ।