बाजुराको बुढीगङ्गामा एमालेले बुथ कब्जा गरेको भन्दै कांग्रेसद्वारा पुनः मतदानको माग


काठमाडौं ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतदानका क्रममा बाजुराको बूढीगङ्गा नगरपालिकाका विभिन्न मतदान केन्द्रमा नेकपा एमालेले ‘बुथ कब्जा’ गरेको भन्दै पुन: मतदानको माग गरेको छ ।

कांग्रेसले आज एक विज्ञप्तिमार्फत एमालेका कार्यकर्ताले आफ्नो पार्टीका उम्मेदवार र प्रतिनिधिलाई आक्रमण गरी घाइते बनाउने, मतदान केन्द्रबाट लखेट्ने, थुनछेक गर्ने र मतदान केन्द्र आफ्ना कार्यकर्ताको नियन्त्रणमा राखि फर्जी मत हालेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त नगरपालिकामा एमालेले बल प्रयोग र बुथ कब्जा जस्तो अलोकतान्त्रिक कार्य गरेको भन्दै कांग्रेसले निन्दा र भर्त्सना गरेको हो ।

“निर्वाचनमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, विभिन्न राजनीतिक दलका उम्मेदवार तथा प्रतिनिधि र मतदातालाई सुरक्षित राख्नका लागि निषेधाज्ञा जारी गर्नु परेको घटनाले स्थिति निकै भयावह भएको स्पष्ट छ,” कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सदरमुकाम पुगेर राजीनामा दिइसकेका निर्वाचन अधिकृतलाई घेराबन्दीमा पारेर कब्जा गरिएका मतदान केन्द्रका मतपेटिकाहरू बुझ्न बाध्य पारिएकाले नगरपालिकामा भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष निर्वाचन हुन नसकेको कांग्रेसको दाबी छ ।

यस्तो कार्यमा संलग्न भएकाहरुमाथि कडा कारबाहीको माग गर्दै कांग्रेसले कब्जा गरिएका मतदान केन्द्रमा फेरि मतदानको व्यवस्था मिलाउन कांग्रेसले आयोगसमक्ष माग गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 267 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदानको ७२ घण्टा अघि सिमा नाका सिल हुने