गोपी हमालले झण्डै दोब्बर मतले जित्न लाग्नुको कारण यस्तो छ


टीकापुर (कैलाली) । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित निश्चित देखिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ७५८ मतको अग्रता लिएका छन् ।

६३ हजार ७१५ मत खसेको धनगढीमा ५६ हजार २२६ मत गन्दा हमालले २४ हजार ५२९ मत प्राप्त गरी जित सुनिश्चित गेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले १२ हजार ७७१ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ७ हजार ३८६ मत ल्याएर तेस्रो स्थानमा छन् । यस्तै उपमेयरमा एमालेकी कन्दकला राना र माओवादी केन्द्रकी शान्ति अधिकारीबीच कडा टक्कर भइरहेको छ ।

‘हामी बनाउँछौं, हाम्रो धनगढी’ भन्ने मूल नारा लिएर हमालले धनगढी उपमहानगरपालिकाको नगप्रमुखका लागि उम्मेदवारी दर्ता गराएका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि हमालले उपमहानगरपालिकाको नगरप्रमुख उम्मेदवारी दर्ता गराएका थिए ।
त्यति बेला हालले काँग्रेसका यिनै नृप वडसँग २ हजार ७०० मतान्तरले पराजित हुनु परेको थियो । यसपालिको निर्वाचनमा तिनै गठबन्धनका उम्मेदवार नृप वड स्वतन्त्र उम्मेदवार हमालद्धारा झण्डै दोब्बर बढी मतले हार्नु परेको तथ्यांकले देखाएको छ ।

यतिबेला स्वतन्त्र उम्मेदवार हमाललाई धनगढीबासीले लोकप्रिय मत दिएर नगप्रमुखमा विजयी गराएका छन् । यसपालि हमाललाई एमाले र नेपाली काँग्रेस समर्थकले ठूलो मात्रा भोट दिएर एक पटक धनगढीको नगरप्रमुख बनाउन चाहेको स्पष्ट देखिएको छ ।

१९ वडा रहेको धनगढीमा वडाध्यक्षमा काँग्रेस र एमालेको उम्मेदवार विजयी भइरहँदा गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवारलाई भन्दा बढी मत हमाललाई गएको देखिन्छ । जसले गर्दा धनगढीबासीले स्वतन्त्र उम्मेदवारलाई भोट दिएर दलहरुलाई चुनौती दिएको धनगढीका स्थानीय बालकृष्ण जोशीले बताए । दलहरुभन्दा हमालले विगतमा गरेका कामहरुको मूल्यांकलन गरेर धनगढीबासीले मत जाहेर गरेको उनले बताए ।

२०७४ सालको स्थानीय तहमा पराजय भोगेका हमाल निरन्तर समाज सेवामा क्रियाशिल रहँदै आएका थिए । उनले निःशुल्क शव बाहन, कपडा बैंक सञ्चालन गरेर समाज सेवाको कामलाई अघि बढाउँदै आए, जसका कारण हमाललाई यसपालि जित निकाल्न सहज भयो ।
धनगढीबासीले हमाललाई रोज्नुका विभिन्न कारणहरु छन् । उद्योग बाणिज्य संघ कैलालीको अध्यक्ष हुँदा हमालले सुन्दर सुदूरपश्चिम अभियान चलाएर देशभर सुदूरपश्चिमलाई चिनाएका थिए । सुदूरपश्चिममा रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रको पोष्टर बनाएर उनले सुन्दर सुदूरपश्चिम अभियान चलाएका थिए ।

उनै हमालले एकपैसे अभियान चलाएर धनगढी विमानस्थल कालोपत्रे गर्ने अभियान पनि चलाएका थिए । उनको अभियानमा धनगढीका रिक्सा चालक, मजदूरदेखि मालिक सम्मका व्यक्तिले हैसियत अनुसारको आर्थिक सहयोग गरेका थिए ।

त्यति मात्र होइन् माओवादी सशस्त्र द्धन्द्धकालका बेला सुदूरपश्चिम यातायात प्रा.लि.को सिन्डिकेट तोड्न हमालले दिनेश ट्राभल्स सञ्चालन गरेर महिला र पुरुषलाई रोजगारी दिएका थिए ।

विगतमा गरेका कामहरुको मूल्यांकलन देखेर धनगढीबासीले उपमहानगरपालिकको समग्र विकासका लागि एक भोट गोपी दाईलाई भनेर खुलेआम मत जोहेर गरेका छन् । एक पटक हमाललाई धनगढीबासीले मत जाहेर गरेर नगर प्रमुखको पदमा त पुर्याएका छन् । त्यो जनमतको जनअपेंक्षा अनुसार हमालले धनगढी विकास गर्न सक्छन् कि सक्दैनन् । त्यसका लागि हमालको ५ वर्षे कार्यकालको हेर्न भने बाँकी नै छ ।

तपाइको प्रतिक्रिया
(Visited 453 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वहुमत पालिकामा नेतृत्व जिते पनि कांग्रेस समन्वय समितिमा अल्पमतमा