बाराको महागढीमाई नगरपालिकामा पुन: कांग्रेसका उम्मेदवार विजयी

बारा । बाराको महागढीमाई नगरपालिकाको मेयरमा पुन: नेपाली कांग्रेसले जित हात परेको छ । २०७४ को स्थानीय निर्वाचनमा विजयी भएका नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव (उपन यादव) र तारादेवी कानु पुन: विजयी भएका छन् ।

यादवले १ हजार २ सय ९४ मतको मततन्तरले जित हासिल गरेका हुन । निवर्तमान मेयरसमेत रहेका यादवले ८६७० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रामबाबु यादवले ७,३७६ मत ल्याएका छन् ।

उपमेयरमा पुन: दाेहाेरिएकी तारादेवी कानुले ७,९९७ मत प्रात गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पुस्पान्जली देवीले ७,०१० मत पाइन् । कानुले निकटतम प्रतिद्वन्द्वी एमालेकी देवी भन्दा ९ सय ८७ मत बढी प्राप्त गरेर विजयी भएकी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

जेसिबीले पल्टाएको ढुंगाले लागेर गुल्मीमा विध्यार्थीको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर मेयरमा रेनु दाहाल २३३८ मतले अगाडि