स्याङ्जामा प्रमुख पदमा महिला उम्मेदवार पराजित


स्याङ्जा । स्याङ्जामा तीन पालिकाका प्रमुख तथा अध्यक्ष पदमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका छन् । जिल्लाका ११ पालिका मध्ये पुतलीबजार नगरपालिका, कालिगण्डकी गाउँपालिका र अर्जुनचौपारी गाउँपालिकाका प्रमुख तथा अध्यक्ष पदमा उम्मेदवारी दिएका तीनै जना महिला पराजित भएका हुन् । जिल्ला सदरमुकामको पुतलीबजार नगरपालिकाको प्रमुखमा नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी सीमा कुमारी क्षेत्री, कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि माया राना र अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा एमालेकी चीनमाया गुरुङले उम्मेदवारी दिएका थिए ।

पुतलीबजार नगरप्रमुख पदमा उम्मेदवारी दिएकी क्षेत्री यसअघि नगर प्रमुख थिईन् । २०७४ को निर्वाचनमा काँग्रेसका तुल्सीराम रेग्मीलाई झण्डै १२ सय मतान्तरले पराजित गरेकी क्षेत्री भर्खर सम्पन्न निर्वाचनमा उनै रेग्मीबाट २४ सय बढि मतले पराजित बन्न पुगेकी छन् । रेग्मीले १२ हजार ४ सय ९४ मत पाउँदा क्षेत्रीले १० हजार ९० मत प्राप्त गरिन् । कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका तर्फबाट उम्मेदवारी दिएकी राना एमालेका उम्मेदवार खिमबहादुर थापा सित पराजित भईन् । अध्यक्ष पदमा निर्वाचित थापाले छ हजार ७ सय मतल्याउँदा राना पाँच हजार ५५ मतल्याएर पराजित बन्न पुगिन् । थापा यसअघि भएको निर्वाचनमा अध्यक्षमा विजयी उम्मेदवार हुन् ।

उता अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएकी गुरुङ कांग्रेसका प्रकाश तिवारी सँग पराजित भएकी छन् । गाउँपालिकाको अध्यक्षमा विजयी तिवारीले ५ हजार २ सय ९१ मतप्राप्त गर्दा प्रतिद्धन्द्धी गुरुङले ३ हजार ३ सय ४७ मत ल्याईन् । गुरुङ २०७४ मा गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिईन् । २०७४ को स्थानीय निर्वाचनमा पुतलीबजारको प्रमुख बनेर क्षेत्रीले अपेक्षाकृत काम गर्न नसक्दा रेग्मी सँग पराजित बन्न बाध्य भएकी छन् भने यसअघिको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित गुरुङ् कार्यकाल भरी विवादित बन्दा तिवारी सँग पराजित बन्न पुगिन् । पुन अध्यक्षमा निर्वाचित भएका थापा भने मतदाता बिच लोकप्रिय बनेका कारण निर्वाचित भए ।

पालिका प्रमुखमा उम्मेदवारी दिएका तीनै जना महिला पुरुष उम्मेदारसँग पराजित भएका हुन् । प्रमुख पदमा महिला उम्मेदवार बनेर पराजित बन्दा जिल्लाका ११ स्थानीयतहमा उपप्रमुख पदमा भने महिला उम्मेदवार नै निर्वाचित भएका छन् । काँग्रेसबाट पुतलीबजारमा देबी अर्याल, भीरकोटमा भगवती रेग्मी, वालिङमा कविता तिवारी, गल्याङ्मा हेमा न्यौपाने, चापाकोटमा ईशा राना र अर्जुनचौपारीमा सपना गुरुङ् निर्वाचित भएका छन् । एमालेबाट आँधीखोलामा सिता थापा, फेदीखोलामा देउकुमारी गुरुङ्, हरिनासमा ईन्द्रकुमारी राना बिरुवामा भगवती शर्मा र कालीगण्डकीमा सावित्रा कोईराला निर्वाचित भएका छन् । कोइराला पुन दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । पुरुषको तुलनामा महिलाहरुलाई राजनीतिकदलले प्रमुखमा विश्वास नगर्दा टिक पाउन कठिन देखिने गरेको छ । टिकट पाइहालेमा पनि पुरुष उम्मेदवार सगँ निर्वाचित हुन महिलाहरुलाई नै कठिन देखिन थालेको छ । स्याङ्जामा २०७९ को स्थानीयतहको निर्वाचनमा पुरुष मतदाता भन्दा महिला मतदाताको संख्या बढी रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 326 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बारामा १७ वडाको मतगणना सकियो, कसले कहाँ जिते ?