इटहरीमा गठबन्धनका हेमकर्ण पौडेल विजयी

सुनसरीका कुन पालिकामा कुन दल ?

इटहरी । इटहरी उपमहानगरपालिकामा मेयर पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेल विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार पौडेलले ३३,०४९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका यामकुमार सुब्बाले २८,०३१ मत प्राप्त गरे ।

उपमेयरमा भने नेकपा एमालेकी संगीता चौधरी विजयी भएकी छन् । चौधरीले ३२,४२५ मत प्राप्त गरिन् । यस्तै, गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले १८,०३१ मत प्राप्त गरे ।

मेयरमा निर्वाचित भएपछि पौडेलले विपक्षी दलले उठाएका मुद्वामा पनि आफूले काम गर्ने बताए । संकल्प पत्रमार्फत इटहरीका जनताको आधारभूत आवश्यकता पूरा गर्न आफ्नो महत्वपूर्ण भूमिका रहने उनले बताए । ‘इटहरीका जनताको पहिलो दुःखबाट पार गर्न मेरो महत्वपूर्ण भूमिका हुनेछ,’ उनले भने, ‘प्रमुख कुरा घोषणापत्रमा भएका कुरा पूरा गर्न र मेरो मात्रै घोषणापत्र होइन, एमालेबाट उम्मेदवार रहनुभएका यामकुमार सुब्बाको घोषणापत्रमा उठाएका, इटहरीका आवश्यकता पूरा हुन्छ ।’

सुनसरीका १२ वटै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । ७ वटा स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ भने तीनवटा स्थानीय तहमा नेकपा एमाले, एउटा स्थानीय तहमा जनता समाजवादी पार्टी र एक स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
सुनसरीको धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित भएका छन् । उता, सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकामा कांग्रेसका जिल्ला सभापति समेत रहेका केदार भण्डारी विजयी भएका छन् । यस्तै, बराहक्षेत्र नगरपालिकामा कांग्रेसका रमेश कार्की, दुहबी नगरपालिकामा कांग्रेसका बेद गच्छदार, भोक्राहा–नरसिंह गाउँपालिकामा कांग्रेसका अख्तर आजाद, कोसी गाउँपालिकामा कांग्रेसका ऐयुव अन्सारी, हरिनगर गाउँपालिकामा कांग्रेसका गफार अन्सारी निर्वाचित भएका छन् ।

यस्तै, सुनसरीको रामधुनी नगरपालिकामा नेकपा एमालेका शंकरलाल चौधरी, गढी गाउँपालिकामा एमालेका आशनारायण चौधरी र बर्जु गाउँपालिकामा एमालेकै जीवछकुमार राय निर्वाचित भएका छन् । यस्तै, देवानगञ्ज गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) का बेचेन मेहता निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 351 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
टिकट नपाउने भएपछि सिद्धार्थनगर नगरपालिकाको मेयरका आकांक्षी यादवले कांग्रेस त्यागे