कञ्चनपुरकाे भिमदत्तमा कांग्रेस उम्मेदवार बिजयी


महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका पदम बोगटी निर्वाचित हुनु भएको छ । मेयरमा निर्वाचित बोगटीले १५ हजार आठ सय ८२ मत प्राप्त गरेकाे भीमदत्त नगरपालिकाका मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश प्रसाद पन्तले आठ हजार एक सय ७९ मत प्राप्त गरे ।

यस्तै, राप्रपाका गजेन्द्र बहादुर चन्दले सात हजार १०५ मत ल्याएका छन् । माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार समाजवादीका राजेन्द्र पाण्डेयले तिन हजार ४५२ मत ल्याएका छन् ।

मेयरमा बोगटीले प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मतान्तर (७ हजार ७०३) ले विजयी भएका हुन । बोगटी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेकै सुरेन्द्र बिष्टसँग १६६ मतले पराजित भएका थिए ।

त्यस्तै, भीमदत्त नगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसका निलम जोशी निर्वाचित हुनु भएको छ । उहाँले १२ हजार २ सय १६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्ण दत्त जोशीले १० हजार ५ सय ९६ मत प्राप्त गर्नुभएको छ । यस्तै एमालेकी भुवन कुवँरले ७ हजार ९९० र राप्रपाकी हेलन श्रेष्ठले ४ हजार ७७२ मत प्राप्त गरिन् ।

भिमदत्तको वडा नं २ मा मत पत्र गणना बढी भएको बिबादमा रोकिएको थियो । जिल्ला भरिको सबै पालिकाहरुको मत परिणाम सार्वजनिक भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 372 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा