चन्दननाथकि उपप्रमुखको घोषणा विपन्न र असहायका लागि सुविधा खर्च गर्ने घोषणा


जुम्ला । जुम्लाको एक मात्र नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले कार्यकाल भरि पाउने सेवा सुविधा गरिब, विपन्न, दलित र असहाय वर्गका लागी खर्च गर्ने घोषणा गरेकि छन् ।

आज नगरपालिकामा पत्रकार सम्मेलनमा सहभागी उपप्रमुख रामदेवी खड्काले आफ्नो मासिक पारिश्रमिक गरिब विपन्न, दलित, असहाय वर्गको लागि खर्च गर्ने घोषणा गरेकी हुन । ‘एउटा कोष स्थापना गरि सेवा सुविधा एकल महिला, गरिब, असहाय का लाई सहयोग गरिने छ ।’ उनले भनिन् ।

महिला संग जोडिएका सवालमा विषेश महत्वका साथ कार्य सम्पादन गर्ने समेत उनले बताइन् । जनताको आवश्यकताको आधारमा विकास निर्माणलाई जोड्ने प्रयास गर्ने समेत बताएकि छन् ।

चुनावी अभियानका क्रममा गरेका बाचा पूरा गर्ने बताइन् । जनप्रतिनिधि र कर्मचारीको सम्बन्धलाई प्रगाढ बनाउँदै जनताको काम छिटो छरितो, पारदर्शी, भएरहित र निष्पक्ष बनाउन पहल गर्ने जानकारि दिइन । देशमा मौलाउँदै गएको भ्रष्टाचारलाई न्यूनीकरण गर्न हदै सम्मको प्रयत्न गर्ने प्रतिबद्धता समेत जनाएकी छन् । न्याय निरुपणमा शुन्य शहनशीलता अपनाउने समेत बाचा गरेकि छन् ।

तपाइको प्रतिक्रिया
(Visited 302 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा महानगर मतगणना : समाजवादीका उम्मेदवारको मत ३ हजार बढी