पहिले जसलाई पराजित गरे, अहिले उसैबाट सपथ खाए


गुल्मी । भनिन्छ, ‘राजनीतिमा कोही स्थायी शत्रु र स्थायी मित्र हुँदैन ।’ यो भनाई अहिले गुल्मीको चन्द्रकोट गाउँपालिकाका निवर्तमान अध्यक्ष अध्यक्ष दोर्ण खत्रीलाई सावित भएको छ ।

०७४ सालको निर्वाचनमा खत्री नेपाली काँग्रेसको तर्फबाट तीन हजार ३४० मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भए । उनका निकतटम प्रतिस्पर्धी एमालेका मिनलाल श्रेष्ठले तीन हजार ६२ र नेकपा माओवादी केन्द्रका युवराज केसीले दुई हजार २३८ मत प्राप्त गरे । अर्थात श्रेष्ठ र केसीलाई अघिल्लो निर्वाचनमा खत्री आफैले पराजित गरे । तर अहिले अवस्था फेरिएको छ ।

गत वैशाख ३० को निर्वाचनमा माओवादी केन्द्रका केसी पाँच दलीय गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार भए । पाँच हजार सात सय मतसहित उनी अध्यक्षमा निर्वाचित पनि भए । अघिल्लो पटक त्रिपक्षिय निर्वाचन हुँदा पनि अध्यक्षमा निर्वाचित भएका खत्री भने वडा नम्बर ३ मा काँग्रेसको तर्फबाट वडासदस्यको उम्मेदवार भए र ५९१ मतसहित जित हाँसिल गरे ।

आइतबार गाउँपालिका सभाहलमा अध्यक्ष केसीले निर्वतमान अध्यक्ष खत्रीलाई वडा सदस्यको रुपमा पद तथा गोपनियताको सपथ खुवाए । अर्थात पहिले जसलाई निर्वाचनमा पराजित गरे, अहिले उसैबाट शपथ खाए । त्यत्तिमात्र होइन्, खत्री अहिलेको निर्वाचनमा केसीलाई पालिका अध्यक्षमा जिताउन समेत भूमिका निर्वाह गरे ।

गठबन्धनको सहमति

चन्द्रकोटका निवर्तमान अध्यक्ष खत्री वडासदस्यकै रुपमा रहन भने निर्वाचनमा होमिएका भने होइनन् । पाँच दलीय गठबन्धनको तर्फबाट जिल्ला समन्वय समितिको प्रमुख बन्नको लागि उनी वडासदस्यको उम्मेदवार भएका हुन् । ‘गठबन्धनको बीचमा भएको सहमतिको आधारमा वडासदस्यको उम्मेदवार भएको हुँ ।’ खत्रीले भने, ‘पालिका अध्यक्ष पनि वडासदस्यको निर्वाचनमा होमिदा धेरैले अचम्म मान्नुभएको थियो, तर पछि कुरा बुझाएपछि सहज भयो ।’ उनले अब आफु जिल्ला समन्वय समितिको प्रमुख बन्नेमा ढुक्क रहेको प्रतिक्रिया दिए ।

जिल्ला समन्वय समितिको गठनका लागि गुल्मीमा काँग्रेसको १०, एमालेको नौ र माओवादी केन्द्रको पाँच मत रहेको छ । माओवादीको पाँच मतमध्ये कालिगण्डकी गाउँपालिकामा एमाले–माओवादीको तालमेलबाट माओवादीका उम्मेदवार ‘सूय’ चिन्हबाट उपाध्यक्षमा विजयी भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 332 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'एमाले अध्यक्ष ओलीले पोखेको असन्तुष्टि वास्तविक होइन’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका दुई पलिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी