तुलसीपुरमा गठबन्धनलाई हराउदै एमाले उम्मेदवार निर्वाचित


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमालेका टिकाराम खड्का विजयी भएका छन् । खड्काले गठबन्धनको तर्फबाट काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीलाई ३६९१ मतको अन्तरले पछि पार्दै विजयी भएका हुन् । खड्काले ३१४०८ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी गिरीले २७७१७ मत प्राप्त गरेका थिए ।

त्यसैगरी एमालेका स्यानी चौधरी पनि फराकिलो मत अन्तरले विजयी भएकी छिन् । चौधरीले गठबन्धनको तर्फबाट समाजवादीका जोगबहादुर रानालाई ९५३२ मत अन्तरले पछि पार्दै विजयी हासील गरेकी हुन् । स्यानीले ३०५९७ हजार मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी रानाले २१०६५ हजार मत प्राप्त गरेका थिए ।

१९ वडा रहेको तुलसीपुर उपमहानगरपालिका मध्ये १० वटा वडामा नेकपा एमालेले विजयी हासील गरेको छ भने गठबन्धन र स्वतन्त्रले ९ वटा वडा जितेका छन् । निर्वाचन कार्यालयका अनुसार उपमहानगरका २, ३, ६, ८,१०, ११, १३, १५, १८, १९ मा एमालेले विजयी हासील गरेको छ भने गठबन्धनको तर्फबाट १, ४, १२, नम्बर वडा नेकपा माओवादी र नेपाली काँग्रेसले ५, ७, ९, १४ र १७ नम्बर वडा जितेको छ । त्यसैगरी उपमहानगरको १६ नम्बर वडामा स्वतन्त्रले जितेको छ । बैशाख ३० गते भएको निर्वाचनमा ७४ हजार ३ सय ३७ मत खसेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 376 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा