इटालियन गायिका फेडस्टारको भिडियो निर्देशन नेपाली कुशल

काठमाडौँ । इटालियन गायिका तथा लेखिका फेडस्टारको गीतको म्युजिक भिडियो निर्देशनको अवसर नेपाली निर्देशक कुशल श्रेष्ठले पाएका छन् । बेलायतमा रहेर नेपाली म्युजिक भिडियो निर्माणमा सक्रिय श्रेष्ठले पहिलो पटक इटालियन गायिकाको अंग्रेजी गीतको भिडियो निर्देशन अवसर पाएका हुन् ।

भिडियोमा श्रेष्ठले गायिकालाई नै अभिनय गराएका छन् । लेखिका समेत रहेकी फेडस्टारलाई अभिनय गराएको भिडियो सेन्ट्रल लन्डन आसपासमै छायांकन गरिएको छ । । भिडियो केही दिनमा सार्वजनिक हुने उनले बताए । ५ बर्षको उमेरदेखि गायन प्रतियोगिता मार्फत गायनमा होमिएकी गायिका फेडस्टार गायनको अलवा बेली डान्समा समेत पोख्त छिन् । भिडियोमा फेडस्टारलाई जोन फ्रयाङ्कले अभिनयमा साथ दिएका छन् ।

जोबिना हार्डीको मेकअप, फेडेरिका अन्ना सेटेमब्रीनी कार्यकारी निर्माता रहेको भिडियोमा स्पेनिस भाषाका र्यापर जोन फ्र्याङकको समेत अभिनय रहेको निर्देशक श्रेष्ठले बताए ।

‘करिब २ दशकको निर्देशकिय करिअरमा पहिलो पटक अंग्रेजी म्यूजिक भिडियोको निर्देशन, छायांकन र सम्पादनको अवसर पाएको छु’, कुशलले भने ‘यो मेरा लागि अवसर र चुनौती दुवै हो ।’ भारतीय, बंगाली, पाकिस्तानीका साथै केही अंग्रेजी प्रोजेक्टमा समेत काम गरेका कुशलले भिडियोको सम्पुर्ण जिम्मा लिएर आफैले काम गरेको यो पहिलो विदेशी भएको खुलाए ।

श्रेष्ठलाई इटालियन गायिकाको भिडियो निर्देशनका लागि एक पन्जावी गायकले सिफारिस गरेका हुन् । पन्जाबी गीतको कामबाट प्रभावित भएर उनलाई सिफरिस गरिएको बताइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

केही समय बसेर सकियो कार्यदलको बैठक

कुरी-कुरी