भैंसीलाई भिण्डीको तरकारी


कपिलवस्तु । कृषकले उत्पादन गरेको भिण्डीले मूल्य र बजार नपाएपछि पशुचौपायालाई खुवाउन सुरु गरेका छन् । उत्पादन गरेको लागत र श्रमको मूल्य नआउने भएपछि बजारमा बिक्री गर्नुको साटो पशुचौपायालाई खुवाउन सुरु गरेका हुन् । कपिलवस्तुको शिवराज नगरपालिका–३ सुनवर्षीका तरकारी उत्पादक कृषक महेन्द्र केवटले आफूले लगाएको भिण्डी बिक्री नभएकाले भैँसीलाई आहाराका रुपमा खुवाएको बताए ।

विगत डेढ दशकदेखि व्यवसायीक तरकारी खेती गर्दै आएका केवटले एक साता देखी घरमा पालेको भैँसीलाई भिण्डी खुवाउँदै आएका छन् । करिब १ विगाहा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका केवट यो मौसममा भिन्डी, घिरम्ला, खुर्सानी, काक्रो, बोडी लगायत तरकारी उत्पादन गरेका छन् । स्नातक उत्तिर्ण गरेका केवट परम्परागत पेसालाई आधुनिकीकरण गर्ने उद्धेश्यले तरकारी खेतीमा आकर्षित भएका थिए ।

भारतीय सीमावर्ती क्षेत्रमा उत्पादन भएका तरकारी सस्तो मूल्यमा आयात हुन लागेपछि स्थानीयले आफूले उत्पादन गरेको तरकारी नपाएको दुखेसो पोख्छन् ।

कृषकहरुले कृषि उत्पादन हाट बजारमा बिक्री गर्न लैजाने र बिक्री नभएपछि पशु चौपायालाई आहाराको रुपमा प्रयोग गर्दै आएका छन् । भारतीय उत्पादनलाई निरुत्साहन गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै बजारीकरण गरी दिन तरकारी उत्पादक कृषकहरुले सरकार सँग गुनासो गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 485 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मादी गाउँपालिकामा कांग्रेसका देवीजंग निर्वाचित