सरकारी जग्गा बेच्न ५ करोड २० लाख बैना लिने २ जना पक्राउ


काठमाडौं । सरकारी जग्गा बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सुडालमा रहेका विभिन्न कित्ता नम्बरका अर्कैका नाममा रहेका जग्गा बेचाउने गिरोहका दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भक्तपुरका ७२ वर्षीय केशव प्रसाद अधिकारी र ५८ वर्षीय ईश्वर गाईजु रहेका छन् । उनीहरूले भक्तपुरको सुडालमा रहेको सरकारी जग्गालाई सम्बन्धित जग्गा धनीसँग अनुमती नलिई अनुमति लिएका छौं भनी झुक्याई ५ करोड २० लाख रूपैयाँ बैना लिई ठगी गरेका थिए ।

आफु ठगिएको भन्दै खोटाङ बुईपा ३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बस्ने धनिराम राई समेतले प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुवै भक्तपुर मालपोत कार्यालयको गेटबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 419 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेबाट काठमाडाैंकाे मेयरमा केशब स्थापित, उपमेयरमा सुनिता डंगाेल