नगर प्रमुख आचार्यको घोषणा : ईश्वरपुरमा रंगशाला निर्माण हुने


सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले चुनावमा गरेको बाचा पुरा गर्ने भएका छन् । आचार्यले ईश्वरपुर नगरपालिकामा युवाहरुको खेलकुदमा विकास गर्न रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् । एक कार्यक्रमका बिच नगर प्रमुख आचार्यले स्थानिय तह निर्वाचनमा आफुले दिएको नारा तथा घोषणापत्र कार्यन्वयन गर्ने अबको समय भएको हुँदा खेल प्रेमी युवाहरुको विकासको लागि रंगशाला निर्माण गर्ने बताए ।

यसैगरी नगर प्रमुख आचार्यले ज्येष्ठ नागरिकहरुको उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने तथा आफ्नो सरकारी सेवा सुविधा पनि नलिने घोषणा समेत गरेका छन्। आफुले पाउने सम्पूर्ण सेवा सुबिधा गरिब,असाय र बृद्ध–बृध्दाको क्षेत्रमा खर्चने नगर प्रमुख आचार्यले घोषणा गरे ।

नगर प्रमुख आचार्यले कृषक,वृद्धवृद्धा,अपाङ्ग,दलितलाई आफुले सकने जति सुविधा प्रदान गर्ने बताए । बिपन्न बालबालिकाहरुको आफु अभिभावक नै बनिदिने समेत नगर प्रमुख आर्चायले घोषणा गरे ।

यसैगरी, नगरप्रमुख आचार्यले ईश्वरपुर नगरपालिका–६, मा निर्माण भएको १५ बेडको अस्पताल तत्काल सञ्चालनमा ल्याउने निर्णय गरेका छन् । भवन निर्माण भएर अलपत्र अवस्थामा रहेको अस्पताल भवनको शुक्रबार नै नगरप्रमुख आचार्यले उद्घाटन गरेका छन् ।

‘मेरो उमेदवारी विकास,समृद्धी अधिनायक प्रवृतीको विरुद्धमा थियो, ईश्वरपुर बासीले आफुलाई जिताएर ठुलो गुण लगाउनु भाे ‘ उनले भने । नगरबासीलाई कहिल्यै निरास हुन नदिने नगर प्रमुख आचार्यले बताए । भग्नाबेश बयलवास बजारको भवनहरुलाई उचित व्यवस्थापन गरी बयलवास बजारलाई सिंगार्ने प्रतिवद्धता समेत नगर प्रमुख आचार्यले गरे ।

तपाइको प्रतिक्रिया
(Visited 654 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनको निर्णयबिनै माओवादी र एकीकृत समाजवादीबाट उम्मेदवार सिफारिस