ताराले भन्यो : खराब मौसमका कारण खोजी कार्यमा अवरोध

काठमाडौं । खराब मौसमका कारण सम्पर्कविहीन जहाज खोजी कार्यमा अवरोध आएको तारा एअरले जनाएको छ ।

उसले अहिले दिउँसो गरेको ‘विज्ञप्ति–१’ मा ‘पोखराबाट जोमसोम उडेको विमान १० बजेदेखि सम्पर्कविहीन भएको र खोजीमा गएको हेलिकोप्टर मौसम खराबका कारण फर्किएको’ उल्लेख छ । विमान खोजी तथा उद्धारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकोप्टर ‘स्ट्यान्डबाइ’ राखिएको बताउँदै मौसममा सुधार आएपछि खोजी कार्य तीव्र पारिने तारा एयरले जनाएको छ ।

पोखराबाट आज बिहान ९ः५५ बजे उडेको विमान १०ः०७ बजेदेखि सम्पर्कविहीन बनेको हो । जसमा तीन चालकसहित २२ जना यात्रु सवार छन् ।

तपाइको प्रतिक्रिया
(Visited 266 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन आयोगले प्रचण्डलाई सोध्यो २४ घण्टे स्पष्टीकरण