आमाको किरियामा तीन छोरीहरू

इटहरी । इटहरीमा तीनजना छोरीहरूले आमाको काजकिरिया गरेका छन् ।

हिन्दुहरुको परम्परा अनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गर्ने प्रचलन रहेको छ । तर, पछिल्लो समयमा छोरीले पनि आफ्ना बाबुआमाको मृत्यु हुँदा दागबत्ती दिएको विरलै मात्रामा देख्न र सुन्न सकिन्छ । त्यस्तै, समाजलाई चुनौती दिँदै उदाहरणीय छोरी बनेका छन्, इटहरीका तीन दिदीबहिनी ।

इटहरी ४ स्थित जनता टोलकी ४५ वर्षीय अञ्जु परियारको मृत्यु भएपछि अहिले तीन दिदीबहिनी किरियामा छन् ।
मृतककी १८ वर्षीया छोरी लक्ष्मी परियारका अनुसार जेठी दिदी विदशमा रहेकाले अहिले माइली, साईँली र कान्छी छोरीले काजकिरिया गरेका छन् ।

इटहरीको जनता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत रहेकी लक्ष्मीले परिवारको आर्थिक अवस्था कमजोर भएका कारण समस्या भइरहेको बताइन् ।

‘आमाको प्रेसरले हानेर निधन भएपछि अहिले हामी काममा छौँ,’ उनले भनिन्, ‘आयस्रोत नभएकाले अब पढ्नका लागि पनि समस्या हुने भएको छ ।’

उनका अनुसार बुवा पनि एक वर्ष अघि प्रेसरले हानेर बिरामी छन् । अहिले काम गर्न नसक्ने अवस्थामा रहेका उनको परिवार आर्थिक अवस्था कमजोर भएकाले समस्या भएको छ ।

आमाले मजदुरी गरेर आफूलाई पढाउँदै आएको बताउँदै उनले भनिन्, ‘आमाले पैसा तिरेर कलेज पढ्दै आएकी थिएँ, अब कलेज पढ्नका लागि पनि समस्या भयो ।’

मृतकका श्रीमानका अनुसार यसअघि पनि आँफूलाई प्रेसरकै समस्या रहेकाले अहिले मजदूरी गर्न पनि समस्या भएको छ । उनले भने, सबैथोक श्रीमतीले नै टार्दै पुर्याउँदै आएको अवस्था थियो, अब छोरीहरूको पढाइसँगै गुजारा गर्न पनि समस्या हुनेभयो ।’

तपाइको प्रतिक्रिया
(Visited 257 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्ला एमालेको प्रतिवद्धता : कक्षा १२ सम्म निशुल्क शिक्षा