झापा ‘बी’ डिभिजनमा बढुवा

काठमाडौं । झापा फुटबल क्लब शहीद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको ‘सी’ डिभिजन लिगको १२औं राउन्डको खेलमा वीरगन्ज युथ एकेडेमीमाथि ५–० को फराकिलो जित निकाल्दै झापा एक खेल बाँकी छँदै ‘बी’ डिभिजनमा बढुवा हुन सफल भएको हो ।

शीर्षस्थानमा रहेको झापाले १२ खेलबाट ३१ अंक जोडेको छ । झापाले प्लानिङ ब्वाइज युनाइटेड र आरसी ३२ फुटबल एकेडेमीविरुद्ध ३ अंकको अग्रता लिएको छ । दुवै टोलीका समान २८ अंक छ । झापाले आरसी ३२ लाई हराएकाले आफ्नो खेलमा हार भोग्ने र आरसी ३२ ले जितेको अवस्थामा हेड टु हेडमा झापा नै माथि रहनेछ । झापाले १२ खेल खेल्दा १० जित, समान एक बराबरी र हारको नतिजा निकालेको छ ।

अब प्लानिङ ब्वाइज र आरसी ३२ मध्येबाट एक टोली बढुवा हुनेछ । वीरगन्जविरुद्ध झापाको फराकिलो जितमा पुजन राईले ह्याट्रिकसहित चार तथा सन्तोष लावतीले १ गोल गरे । खेलको १३औं मिनेटमा पुजनले गोल गर्दै झापालाई सुरुवाती अग्रता दिलाए ।

उनले ६५औं मिनेटमा दोस्रो गोल थपे । त्यसपछि पुजनले ७४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा सन्तोषले तथा पाँचौं मिनेटमा पुजनले व्यक्तिगत चौथो तथा टोलीका लागि पाँचौं गोल गर्दै झापालाई सानदार जित दिलाए ।

झापासँगको हारसँगै वीरगन्ज रेलिगेसनमा परेको छ । वीरगन्ज १२ खेलबाट ५ अंक जोडेर १३औं स्थानमा रह्यो । महावीर क्लबसँग पराजित भएपछि ओएसीस क्लब पनि रेलिगेसनमा परिसकेको छ । ओएसीस १२ खेलबाट ४ अंक जोडेर पुछारमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 338 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्: प्रचण्ड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मोरङको सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी