हत्यामा संलग्न रहेको आरोपमा दुई बालक पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका–११ बिष्णु चोक बस्ने ३१ वर्षीय सन्दिप लम्जेलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सागुरीगढी घर भई धरान उपमहानगरपालिका–१५ बगरकोटस्थित सेकुवा कर्नरमा काम गर्दै आएका १७ वर्षीय र १३ वर्षीय बालक रहेका छन् ।

उनीहरूमध्ये १७ वर्षीयलाई धनकुटाको छिन्ताङबाट शनिबार र १३ वर्षीयलाई धरानको बगरकोटबाट शुक्रबार पक्राउ गरिएको हो । घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

धरान उपमहानगरपालिका–५ तल्लो देउराली सुन्दर बस्ती छेउ सेउती खोला बगरमा बिहीबार बिहान शरीरको विभिन्न भागमा धारिलो हतियारले घोपेको तथा काटिएको अवस्थामा सन्दिप लम्जेलको शव फेला परेको थियो ।

शारीरिक सम्बन्ध राख्ने केटी खोजी देउ भन्दै उनीहरूलाई लम्जेलले धम्काई गाली गलौज गरेको रिसिवीमा उनीहरुले हत्या गरेको प्रहरीले जनाएको छ । उनीहरुले झुक्यानमा पारी लम्जेललाई उक्त खोलामा बोलाई छुरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको भनाई प्रहरीको छ ।

उनीहरूमाथि जिल्ला अदालत सुनसरीबाट ज्यान सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 548 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

अखिलको २३औं सम्मेलनः अध्यक्षका लागि ६ जना प्रतिस्पर्धामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन, समाजवादी समेटिएन