बाढीले कटान गरेको सडक मर्मत  नहुँदा बालबालिकाहरुलाई सास्ती

सर्लाही । दैनिक खोला  तर्दै विद्यालय जाँदै सर्लाहीको गोडैता नगरपालिकामा बाढीले कटान गरेको सडक मर्मत नहुँदा स्कुले बालबालिकाहरु दैनिक खोला तर्दै  विद्यालय जादाँ निकै सास्ती खेप्नु परेको छ । वडा नं. ३ सिमरा भगवतिपुर तथा रोहुवा जोड्ने सडकखण्ड मर्मत सम्भार नहुँदा स्कुले बालबालिका लगायत स्थानीयहरुलाई निकै सास्ती खेप्नु परेको छ। विगतको समयमा आएको बाढीको कारण सोरम नदीमा निर्माण भएको बैरेजको अगाडिको सडक कटान भएपछि आवत जावत पुर्ण रुपमा अवरुद्ध भएको थियो।

 कटान भएको सडक समयमा निर्माण नहुँदा रोहुवा, बेल्बाजब्दी तथा छन्नकी टोलका सयौ भन्दा बढी कलिला उमेरका बालबालिकाहरुलाई खोला तरेर विद्यालय पढन जानुपर्ने बाध्यता रहेको रोहुवा निवासी महिला अधिकारकर्मी कुन्ती राउतले बताउनुभयो।

स्थानीय स्तरमा उच्च शिक्षाको लागि विधालय नहुँदा आधा दर्जन भन्दा बढी गाउँका पाँच सय भन्दा बढी कलिलो उमेरदेखि लिएर उच्च माध्यमिक तहसम्मका बालबालिका खोलापारी रहेका सिमरा भगवतिपुरमा रहेको नमुना माध्यमिक विद्यालयमा पढन जाने गरेको स्थानिय अभिभावकहरुले बताउनुभयो। खोलामा पानीका बहाब बढेपछि सबै बालबालिकाहरु महिना दिनसम्म पढाईबाट बन्चित हुने गरेको अर्को रोहुवा निवासी स्थानिय केदार साहले बताउनुभयो ।

 स्थानीय सरकारको चरम लापरवाहीको कारण गलत इन्जिनियरिंग योजना, उपभोक्ता समिति तथा ठेकेदार कम्पनि बिच भएको कमिसनको खेलका कारण बैरेज निर्माण भएको एक बर्ष पनि राम्रोसित सन्चालन नभईकन पुलको अगाडि तथा पछाडिको सडक बाढीले पटक पटक कटान गर्ने गरेको स्थानीयहरुले बताएका छन । पुल सन्चालनमा आएको दिनदेखि नै बिभिन्न किसिमको प्राविधिक समस्या हुदै आएको स्थानीयवासी विरेन्द्र पासवानले बताउनुभयो। पुल राम्रो सित सन्चालन नहुँदा स्थानीय स्तरमा उत्पादन भएको तरकारीलाई पुलपारीका बजारहरु रोहुवा, सिसौट तथा गडहिया डुमरिया बजार लगायत आधा दर्जनभन्दा बढी बजारमा पु¥याउन किसानहरुलाई निकै सास्ती खेप्नुपरेको छ।

यातायातको अभावको कारण बाढीको समयमा स्थानीय उत्पादनले बजार नपाउनुको साथै बाढीको समयमा खोलामा पानीको बहाब उच्च भएपछि हरियो तरकारीहरु घरमै कुहिन बाध्य रहेको स्थानीय जयपुर निवासी किसान बलेश्वर महतोले बताए। गलत ईन्जिनियरिंग योजनाले सोरम नदीमा निर्माण भएको बैरेजको कारण जयपुर, सिमरा भगवतिपुर, रोहुवा, बेल्वाजब्दी, पिपरनाथ तथा भटौलिया लगायत एक दर्जन भन्दा बढी गाउँहरु डुबानमा पर्ने गरेको सिमरा भगवतिपुर निवासी समाजसेवी चन्देश्वर महतोले गुणासो गर्नुभयो ।

गोडैता नगरपालिका पनि बाढीको उच्च जोखिम नगरपालिकामा पर्ने गर्दछन। बाढीको कारण यस नगरपालिकाको अधिकांश गाउँ डुबानमा पर्ने गरेको छ। गत बर्ष मात्र आएको बाढीको कारण गोडैता नगरपालिकाको १२ वटै वडाको दुई हजार भन्दा बढी नागरिक प्रभावित भएको थियो। बाढीमा आम नागरिकको उद्वार तथा राहत सामग्री वितरणमा मात्र नगरपालिकाको लाखौ बजेट खर्चनु परेको थियो।

सिमरा भगवतिपुरमा गलत प्राविधिक योजना अनुसार निर्माण भएको बैरेजको कारण पहिला भन्दा बढी बाढीको जोखिम तथा डुबानको भु–भागमा बृद्वि भएको स्थानीयवासी जयपुर निवासी श्रीचन मुखियाले बताउनुभयो। बाढीका जोखिम बढेसंगै स्थानीयवासी भयको वातावरणमा बाँच्न बाध्य भएको छ। बैरेजकै कारण हजारौं हेक्टर कृषियोग्य उब्जाउ भूमि डुबानमा पर्ने गरेको स्थानीय किसान बालदेव महतोले बताए।

अवैज्ञानिक तरिकाले निर्माण भएको बैरेजकै कारण स्थानीय माछा पाल्न गर्ने व्यवसायी पनि प्रभावित भएको छ। गतबर्षको बाढीमा बैरेजकै कारण ७ बिघा भन्दा बढी पोखरी पुर्ण रुपमा डुबानमा परेको पोखरी संचालक रामबाबु मुखियाले बताउनुभयो। चर्को ब्याजमा ऋण लिएर माछा पाल्न गरेको थिए तर बाढीमा पोखरी डुबानमा परेर १० लाख भन्दा बढीको माछा बाढीमा बगेको अर्का माछा व्यवसायी तथा जनप्रतिनिधि सितल मुखियाले बताउनुभयो। बैरेजको अगाडि तथा पछाडिको सडक मर्मतसम्भारको लागि प्रार्दे्शिक मन्त्रालयबाट १५ लाखको बजेट विनियोजन गरेको गोडैता नगरपालिकाको मेयर देवेन्द्र कुमार यादवले बताउनुभयो। कटान भएको सडक तथा बैरेजको मर्मत सम्भारको काम छिटो भन्दा छिटो सुरु गरिने प्रतिबद्वता समेत मेयर रायले गर्नुभएको छ ।

 

 

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

साझा कार्यक्रमको सशक्त कार्यान्वयन जरुरी
मधुमेहले ज्यान लियो अभिनेता जयनेन्द्रको
म्यानमारकी नेतृ सुकीको स्वास्थ्य अवस्था राम्रो रहेको दाबी
वैशाखपछि चिनियाँ टोलीको जिम्मामा
लिपुलेक सुरक्षा : छाङरुमा बिओपी राख्न सशस्त्र प्रहरी टोली प्रस्थान
बेलुका खेल्न हिँडेका बालककाे बिहान घाँटी रेटिएकाे अवस्थामा शव भेटियाे

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी