काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२ को मनोनयन प्रमाणपत्र प्रदान गरिएको छ । शुक्रबार काठमाडौंमा एक समारोहबीच यो अवार्ड मनोनयनमा परेको श्रष्टाहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो ।
विलक्षण क्रियशन प्रा.लि.को सहकार्यमा स्टार वान इन्टरटेनमेन्टद्वारा आयोजित तेश्रो संस्करणको नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२मा विभिन्न ४० विधामा मनोनयन पत्र प्रदान गरिएको हो ।
लोक, आधुनिक, पप, लोक दोहोरी, गजल, राष्ट्रिय, भाषाभाषी गीतहरुका गायक, गायिका, संगीतकार, गीतकार, भिडियो निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकार, सम्पादक, नृत्य निर्देशक, संगीत सँयोजकलगायतलाई कार्यक्रममा मनोनयनको प्रमाणपत्र प्रदान गरिएको हो ।
गायक यम बराल, निर्देशक एवम् अभिनेता नवल खड्का, गजित बिष्ट, संगीतकार राजेन्द्र बजगाईं, निर्देशक लक्ष्मण सुवेदी, मेरो बिमाका सिईओ शँकर बहादुर घिमिरे, नायव महाप्रबन्धक सविन भट्टराई, सेल्स अफिसर सुमित्रा कोईराला, गीतकारहरु सुरेश वाग्ले, निलकन्ठ सुवेदी, पूर्व गृह उपसचिब प्रेम शर्मा रेग्मी, पत्रकार लक्ष्मण सुवेदी लगायतले सम्बन्धि कलाकारलाई प्रमाणत्रप प्रदान गरे ।
तेश्रो सँस्करणको यो अवार्ड आगामी ३ असारमा काठमाडौंमा एक समारोहबीच प्रदान गरिने कार्यक्रम प्रमुख बालकृष्ण पोखरेलले कार्यक्रममा बताए । सन २०११ जनवरी देखि सन २०२२ जनवरीको अन्त्यसम्मका सार्वजनिक भएका गीतसंगीतले यसपटक अवार्डमा भाग लिएको पनि आयोजक पोखरेलले जानकारी गराएका छन् । सन २०१९ बाट सुरु भएको यो अवार्ड कोरोनाको महामारीपछि पनि सुस्ताएको नेपाली संगीत बजारलाई तताउन अवार्डलाई निरन्तता दिएको आयोजक पोखरेले बताएका छन् ।